Nepal Life

क्लोजिङको मुखैमा शेयर बजार हराबरा, हंग्री इन्भेष्टरको अगाडी व्याज र किस्ता जोहो गर्नेले उठाए फाइदा

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Thu 15:13
क्लोजिङको मुखैमा शेयर बजार हराबरा, हंग्री इन्भेष्टरको अगाडी व्याज र किस्ता जोहो गर्नेले उठाए फाइदा
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको क्लोजिङले बजार तातिरहेको छ । व्याज र किस्ताको जोहो गर्न नसक्ने व्यवसायीहरुको अन्तिम गन्तव्यका रुपमा रहने शेयर बजार यो महिना दवावमै रहन्छ । 

NIMB

हर हिसावको मिलान गर्न सानादेखि ठुला लगानीकर्ताले शेयर बिक्री गरेर सल्टाउने गर्छन् । यसले गर्दा लगानीकर्ताले सस्तैमा भए पनि शेयर बिक्री गर्न बाध्य हुन्छन् । तर यो असार लगानीकर्ताले सोचे अनुरुप भएन । 

राजनीतिक घटनाक्रममा आएको उचारचढावले शेयर बजारमा देखिएको सुधारको फाइदा अहिले तिनै वर्गका लगानीकर्ताले उठाइरहेका छन् । समग्रमा शेयर बजारमा खासै सुधार छैन तर कम्पनी विशेषमा लगानीकर्ताले राम्रो पैसा कमाएका छन् । केहि फाइनान्स, हाइड्रोपावर र इन्भेष्टमेन्ट कम्पनीमा आएको सुधारले बजार हरावरा जस्तै छ । 

यति हुँदा हुँदै पनि बाणिज्य बैंक तथा केहि कम्पनीको शेयर मूल्य अझै पनि धेरै तल्लो तहमा छ । यस क्षेत्रमा रहेका ठुलो संख्याका लगानीकर्ताहरु भने भोकाएर बसेका छन् । जसले कतिवेला बाणिज्य बैंक तथा बढ्न नसकेका कम्पनीको शेयर मूल्य कहिले बढ्ला भनेर कुरिरहेका छन् । 

यहि परिदृश्यका कारण आज पनि शेयर बजारमा १५.४६ अंकको सुधार भएको छ । बजारमा सुधार मात्रै भएको छैन कारोबार रकममा पनि उल्लेख्य बृद्धि भएको छ । आज धेरै लामो समय पछि ६ अर्ब ४८ करोडको कारोबार भएको छ । कारोबार बढ्दै गर्दा कतिपय कम्पनीका शेयरधनीले राम्रो नाफा बुक पनि गरेका छन् । पछिल्लो समय जव जव साविक भन्दा धेरै कारोबार बढ्छ तव तव बजार एक तहमा पुगेर फर्किन्छ । अर्थात ठुला लगानीकर्ताले बजार बढेको मौकामा बिक्री गरिदिन्छन् । 

आज आखु खोला जलविद्युत आयोजना र समाज लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । १४८ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा ९३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एनआरएन इन्फ्राष्ट्रक्चरको सर्वाधिक धेरै ३० करोडको कारोबार भएको छ । फाइनान्स र उत्पादन तथा प्रशोधनमुलक कम्पनीहरुको सूचकमा गिरावट आए पनि अन्य सूचकमा उल्लेख्य सुधार देखिएको छ । 

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया