Nepal Life

कम समयमै राम्रो मेकअप

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Thu 21:53
कम समयमै राम्रो मेकअप
Sanima Reliance

काठमाडौं । समय अभावका कारण कतिपयले चाहे जसरी मेकअप गर्न वा पार्लर धाउन पाइरहेका हुँदैनन् । त्यसैले व्यस्त मानिसले त्यहीअनुसार रुटिन बनाउनुपर्छ । मेकअपको केही प्रडक्ट किनेर राख्नु राम्रो हुन्छ । यी प्रडक्टले छोटो समयमै तपाईंलाई सिम्पल, स्मार्ट र आकर्षक लुक्स दिन्छन् ।

फेसवास : सबैभन्दा पहिले तपाईंको अनुहार फेसवास प्रयोग गरेर मज्जाले सफा गर्नुुस् । एलोभेरा, काँक्रो, गुलाब, निमलगायत तत्वले बनेका फेसवासले तपाईंको छालालाई गहिरोसँग सफा गरेर नरम बनाउँछन् । हरेक स्किन टाइपका लागि यो काम आउन सक्छ । 

मोस्चराइजर : फेसवासपछि फेरि तपाईंको अनुहारलाई नरम बनाउन जरुरी हुन्छ । यसका लागि तपाईंले आफूलाई मन परेको मोस्चराइजर प्रयोग गर्न सक्नुहुन्छ । एलोभेरा जेल वा निभियाका लाइट मोस्चराइजर क्रिम पनि राम्रो विकल्प हुन सक्छ । यी प्रडक्टले तपाईंको अनुहारमा लामो समयसम्म मेकअप टिकाउने काम गर्छन् । 

कम्प्याक्ट पाउडर : आफ्नो स्किन टोनअनुसार फाउन्डेसन प्रयोग गर्न सक्नुहुन्छ । अनुहारमा धेरै दाग–धब्बा छ भने कन्सिलरले पनि ढाक्न सकिन्छ । सीधै कम्प्याक्ट पाउडर लगाउँदा पनि हुन्छ । 

आइलाइनर : आइलाइनरको एक स्वाइपले तपाईंको लुक्सलाई राम्रो बनाउने सामथ्र्य राख्छ । आँखामा गाजल पनि लगाउन सक्नुहुन्छ । 

लिपग्लास : लिपस्टिकको साटो लिपग्लास लगाउनु राम्रो हुन्छ । यसले ओठलाई चम्किलो र बोल्ड देखाउँछ । लिपग्लास हल्का र ननस्टिकी हुन्छ । यसले ओठलाई नरम बनाउँछ । 

आखाको मेक अप गर्दा

सधैँ क्वालिटीको मेकअप प्रडक्ट मात्रै प्रयोग गर्नुपर्छ । कम गुणस्तरको मेकअपले आँखामा समस्या निम्त्याउन सक्छ । क्रिमबेस्ड आई मेकअप गर्नुस्, किनकि पाउडरबेस्ड मेकअप आँखाभित्र छिर्न सक्छ

- यदि तपाईंंको आँखा निकै सानो छ भने तपाईंले केही टिप्सहरू अपनाएर आफ्नो आँखालाई ठूलो र सुन्दर देखाउन सक्नुहुन्छ । राम्ररी मेकअप गरेर तपाईंले छोटो समयमै आँखालाई सुन्दर देखाउन सक्नुहुन्छ । 

- सानो आँखा हुनेले मेकअप गर्दा विशेष ध्यान दिनुपर्छ । मेकअप गर्दा सेतो कलरको आई पेन्सिल प्रयोग गर्नु राम्रो हुन्छ । यसले तपाईंको आँखालाई 
ठूलो देखाउँछ । 

- तपाईंले आइलाइनर निकै पातलो लगाउनुपर्छ, यस्तो गर्दा आँखा ठूलो र सुन्दर देखिन्छ । 

- यसपछि मस्कारा लगाउनुस् । यसले पनि तपाईंको आँखालाई ठूलो र सुन्दर देखाउँछ । 

- तपाईंले लाइट आइस्याडो कलर अप्लाई गर्नुपर्छ । जसकारण, आई मेकअप सफ्ट र सुन्दर हुन्छ । सानो आँखाका लागि ग्रे, ब्राउनलगायत सेडका आइस्याडो प्रयोग गर्नु राम्रो हुन्छ । 

- मानिसको ध्यान आफ्नो आँखामा नजाओस् भन्ने चाहनुहुन्छ भने ब्राइट कलरको लिपस्टिक लगाएर ओठको मेकअपलाई हाइलाइट गर्न सक्नुहुन्छ । यस्तो गर्दा सबैको ध्यान तपाईंको ओठको मेकअपमा जान्छ र आँखा हाइलाइट हुँदैन । 

- सधैँ क्वालिटीको मेकअप प्रडक्ट मात्रै प्रयोग गर्नुपर्छ । कम गुणस्तरको मेकअपले आँखामा समस्या निम्त्याउन सक्छ । क्रिमबेस्ड आई मेकअप गर्नुस्, किनकि पाउडरबेस्ड मेकअप आँखाभित्र छिर्न सक्छ । यसले आँखामा अन्य जलन वा अन्य कुनै पनि समस्या निम्त्याउन सक्छ । 

- आइस्याडोका लागि दिउँसोको समय न्युड मेकअप टोन राम्रो देखिन्छ । रातका लागि बोल्ड वा ब्राइट सेड्स चयन गर्नु राम्रो हुन्छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया