Nepal Life

शेयर धितो कर्जाको जोखिमभार घटाउन व्यवसायीको सुझाव, १०० प्रतिशतमा झार्न अनुरोध

NMB Bank
  • BFIS News
  • 2024 Jul 05 12:21
शेयर धितो कर्जाको जोखिमभार घटाउन व्यवसायीको सुझाव, १०० प्रतिशतमा झार्न अनुरोध
National Life

काठमाडौं । काठमाडाै‌ं उद्योग वाणिज्य संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा शेयर धितो कर्जाको जोखिमभार घटाएर १०० प्रतिशतमा झार्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छ।

Shikhar
NIMB

शेयर धितो कर्जाको प्रावधानलाई सहज बनाउन माग गर्दै आएका भएपनि यो वर्षको मौद्रिक नीतिमा कुनै माग सम्बोधन नभएको भन्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा  शेयर-धितोपत्र कर्जा, घर जग्गाकर्जा र उच्च खरिद कर्जाको वितरणका लागि विद्यमान जोखिमभारको समीक्षा गर्नुपर्ने सँघले जनाएको छ।

बिहीबार मौद्रिक नीतिको सुझाव दिनका लागि सँघले गरेको छलफलमा चालु आर्थिक वर्षको मौद्रिक नीतिमा अघिल्लो नीतिको यथास्थिति कायम राख्दै शेयर धितोपत्र सम्बन्धी विद्यमान व्यवस्थामा कुनै परिवर्तन नगरिएकोले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा संशोधन गर्नु पर्ने बताएको हो।

यसैगरी सँघले चल्ती खाताको रकम कर्जामा सार्न सकिने तर व्यवसाय सम्बन्धी खर्च गर्न मासिक १% मात्र कर्जा खाताबाट चल्तीमा सार्न पाइने व्यवस्था परिमार्जन गरी कर्जा खाताबाट व्यवसायको तलब , बहाल ब्याज भुक्तानी गर्न वा चल्तीमा सार्न कर्जा खाता साथै चल्ती खाता चलाउन पाउनु पर्ने माग गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार