Nepal Life

सत्ता समिकरणको इन्जोय गर्दै शेयर बजार, दुई दलको सम्झौता पछि लगातार बढ्दा पोर्टफेलियोमा सुधार

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Sun 15:09
सत्ता समिकरणको इन्जोय गर्दै शेयर बजार, दुई दलको सम्झौता पछि लगातार बढ्दा पोर्टफेलियोमा सुधार
Sanima Reliance

काठमाडौं । दोस्रो बजारका लगानीकर्ताले सत्ता समिकरणमा आएको परिवर्तनको क्रममा राम्रो फाइदा लिएका छन् । प्राय असार महिनाको अन्तिम दुई साता शेयर बजारमा गिरावट देख्न सकिन्छ । लगानीकर्ताले व्याज र किस्ताको जोहो गर्न शेयर बिक्री गर्ने भएकाले यसको दवाव शेयर बजारमा पर्छ । 

NIMB

तर यस वर्ष बजार घट्ने समयमै दुई प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले विचको सत्ता समिकरणमा भएको सहमतिले राजनीतिक माहोल मात्रै होइन शेयर बजारलाई पनि राम्रो ततायो । सहमतिको भोलिपल्ट शेयर बजारमा कारोबार खुल्ने वित्तीकै सर्किट लाग्यो । दुई सर्किट पछि भने बजार फर्कियो । प्रधानमन्त्री चयन प्रकृयालाई लिएर संवैधानिक जटिलताका कारण संसय भए पनि दोस्रो बजारमा भने हरेक दिन सुधार भइरहेको छ । 

यहि सकारात्मक माहोलमा बजारले भने आफ्नो आधार बनाएको छ । एकै दिन सर्किट लागेर भोलिपल्ट घट्ने गरेकोमा यस पटक भने सर्किट पछि पनि बजार सम्हालिदै क्रमिक रुपमा सुधार भइरहेको छ । आइतबार पनि दोस्रो बजारमा २१.२७ अंकको सुधार भएर बजार बन्द भएको छ । 

आज कारोबार रकम पनि बढेर ६ अर्ब नाघेको छ । कारोबार र सूचक दुबै बढ्दा लगानीकर्ताहरुमा रोनक देखिएको छ । समग्रमा पोर्टफेलियो भने धेरै बढ्न सकेको छैन । तर कम्पनी विशेषमा भने लगानीकर्ताले राम्रो पैसा कमाएका छन् । बाणिज्य बैंक तथा ठुलो चुक्ता पूँजी भएका कम्पनीहरुको शेयर मूल्यम अझै पनि ठुलो सुधार हुन नसक्दा समग्र नेप्से सूचकमा सुधार नदेखिएको हो । 

आज १५० वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा एउटा पनि कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छैन । यसले पनि बजारले सुधारको आधार बनाएको प्रष्ट हुन्छ । यस्तो सुधारले बजारमा खासै ठुलो गिरावट ल्याउदैन । नेप्से सूचक २१४० अंक कायम भएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया