Nepal Life

नेपाली युवा उद्यमी मंच, विराटनगर च्याप्टरको नया कार्यसमिति चयन

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Sun 17:22
नेपाली युवा उद्यमी मंच, विराटनगर च्याप्टरको नया कार्यसमिति चयन
Sanima Reliance

विराटनगर । नेपाली युवा उद्यमी मंच, विराटनगर च्याप्टरको २०औ वार्षिक साधारण सभाबाट आगामी एक वर्षका लागि शुभम भट्टराईको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । 

NIMB

गत शुक्रवार सम्पन्न साधारण सभाबाट संजिव सिक्देल प्रथम उपाध्यक्ष्ँ, रोमन कट्टेल द्धितीय उपाध्यक्ष्ँ, संयम श्रेष्ठ कोषाध्यक्ष्ँ, रितेष खनाल कार्यक्रम संयोजक, उकृष्ट भट्टराई लर्निङ सेसन संयोजक चयन भएका छन । त्यसैगरी आर्नेष श्रेष्ठ च्याप्टर संयोजक, अभिषेक केडिया संचार संयोजक, अंकिता गिरी कानुनी सल्लाहकार, नबिन झुनझुनवाला कार्यसमिति सदस्य र संगिता धमला सचिवालय प्रमुखमा चयन भएकी हुन ।  

साधारण सभाका प्रमुख अतिथि कोशी प्रदेशका मूख्यमन्त्री हिक्मत कुमार कार्कीले सबल अर्थतन्त्रको निर्माण, आर्थिक विकास एवं स्थायीत्वका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिए । उनले औद्योगिक विकासका सन्दर्भमा युवाहरुले रचनात्मक सोचका साथ प्रारम्भ गरेको ब्यापार व्यवसायले विश्व बजारमा एकाधिपत्य कायम गर्न सफल भएको उदाहरण दिदै युवाहरु देश विकासको मेरुदण्ड भएको वताए ।  

प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले युवाहरुको सीपलाई व्यवसायमा रुपान्तरण गरी प्रदेशलाई उद्यमशिल मैत्री वनाउन सरकारले स्टार्टअप, युवा, महिला तथा भिन्न क्षमता भएका व्यक्तिहरुको उद्यमशिलता प्रवद्र्धन गर्ने नीति लिएर अघि वढेको वताउदै प्रदेश सरकार सहकार्य गर्न इच्छुक रहेको धारणा राखे । 

नेपाली युवा उद्यमी मंच विराटनगरका नबनिर्वाचित अध्यक्ष्ँ शुभम भट्टराईले युवाहरु परिवर्तनका सम्वाहक भएकाले आर्थिका समृद्धि र अँैद्योगिक विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने वताए । उनले  प्रविधिको वढदो विकास र यससंग सम्वन्धीत स्टार्टअपहरुमा युवाले पु¥याएको योगदानलाई मध्यनजर गरी कुनैपनि अवसरबाट यस वर्गलाई वंचित नगर्न अनुरोध गरे । 

वित्तीय व्यवस्थापनको अभाव र नीतिगत जटिलता युवा उद्यमशिलता विकासका लागि वाधक भएको उल्लेख गर्दै अध्यक्ष्ँ भट्टराईले त्यसलाई सहज वनाई युवाहरुलाई उद्यमशिलता विकास तर्फ अग्रसर हुन अभिप्रेरित गर्नुपर्ने धारणा राखे ।  

नेपाली युवा उद्यमी मंच विराटनगरका निवर्तमान अध्यक्ष्ँ रंजित भगतले नबनिर्वाचित अध्यक्ष्ँलाई पद हस्तान्तरण गर्दै आगामी दिनमा मंचले उद्यमशिलता विकासका सन्दर्भमा नया आयाम थप्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा नेपाली युवा उद्यमी मंचका राष्ट्रिय अध्यक्ष्ँ शाहरा जोशीले सन २००३ मा स्थापित मंचको हाल ११ वटा च्याप्टरमा एक हजार भन्दा वढी युवा उद्यमी आवद्ध रहेको बताउदै आगामी दिनमा अन्य शहरहरुमा समेत विस्तार गरी युवा लक्ष्ँित कार्यक्रम गर्दै लैजाने वताईन । 

विशिष्ठ अतिथि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष्ँ राजेन्द्र राउत, उद्योग संगठन मोरङका अध्यक्ष्ँ राकेश सुराना तथा उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष्ँ एवं नेपाली युवा उद्यमी मंच, विराटनगर च्याप्टरका संस्थापक अध्यक्ष्ँ सुयश प्याकुरेलले नबनिर्वाचित कार्यसमितिलाई कार्यकालको सफलताको शुभकामना दिए । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया