NIMB Header 2
Nepal Life

सेयर बजारमा करेक्सन, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

National Life
  • BFIS News
  • 2024 Jul 08 15:49
सेयर बजारमा करेक्सन, नेप्सेसँगै कारोबार रकम पनि घट्यो
Sanima Reliance

काठमाडौं । लगातार पाँच कारोबार दिनदेखि बढेको सेयर बजारमा सोमबार करेक्सन आएको छ। सोमबार नेप्से परिसूचक ४.६२ अंक अर्थात् ०.२१ प्रतिशतले घटेर २१३६.३५ विन्दुमा बन्द भएको छ।

Shikhar
NIMB

सोमबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। आइतबार ६ अर्ब २९ लाख ३१ हजार ८५४ रूपैयाँको सेयर कारोबार भएकोमा सोमबार ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १०६ रूपैयाँको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब ४४ करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३२४ वटा धितोपत्रको एक करोड ४ लाख ७५ हजार १८१ कित्ता सेयर किनबेच भएको हो। सोमबार ९५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ वटाको घटेको छ। यस्तै, १० कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन समाज लघुवित्तको सेयर मूल्य सर्वाधिक ९.६८ प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य तीन हजार चार सय रूपैयाँ कायम भएको छ। यस्तै, ११ % एनआइसी एसिया डिबेन्चर ०८२/८३ को मूल्य ६.०१ प्रतिशतले बढेर प्रति डिबेन्चर मूल्य एक हजार २१३ रूपैयाँ ८० पैसा कायम भएको हो।

मौलुङ खोला जलविद्युतको मूल्य सर्वाधिक ८.३९ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६०६ रूपैयाँ कायम भएको छ। यस्तै, आँखुखोला जलविद्युतको मूल्य ४.२७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २२४ रूपैयाँ कायम भएको छ।  

सोमबार एनआरएन इफ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ७२४ रूपैयाँमा २८ करोड ७० लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २.४३ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा जानकी फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६७१ रूपैयाँ ९० पैसामा १५ करोड ५५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये १० समूहको परिसूचक घटेको छ भने बाँकी तीन समूहको परिसूचक बढेको छ। यसदिन लघुवित्त समूहको परिसूचक सर्वाधिक ०.९२ प्रतिशतले बढेको छ। भने होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ०.९५ प्रतिशतले घटेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया