Nepal Life

शेयर बजार बुलिस ट्रेण्डमा : असारको चर्को दवावमा पनि घट्ने भन्दा बढ्नै धेरै, विकास बैंक र माइक्रोफाइनान्समा उछाल

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Tue 15:15
शेयर बजार बुलिस ट्रेण्डमा : असारको चर्को दवावमा पनि घट्ने भन्दा बढ्नै धेरै, विकास बैंक र माइक्रोफाइनान्समा उछाल
Shikhar detail

काठमाडौं । शेयर बजार बुलिस ट्रेण्डमा देखिएको छ । असार मसान्तको चर्को दवावमा पनि शेयर बजार बढिरहेको छ । पछिल्ला दिनमा बजार घट्दा थोरै घट्ने र बढ्दा धेरै बढ्ने प्रवृत्ती देखिएको छ । यसले आगामी दिनमा बजार अझै उकालो लाग्ने संकेत गरेको नेपाल शेयधनी संघका अध्यक्ष घनश्याम पाण्डेको विश्लेषण छ । 

NIMB

आगामी असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत माग्दै छन् । तर पछिल्लो सत्ता समिकरणमा भएको सहमतिले गर्दा प्रचण्ड सरकार ढल्दै छ । उनले राजिनामा नदिए पछि उनि संसदिय प्रणालीबाट बाहिरिदै छन् । यस सँगै दुई राजनीतिक दलको सहमति अनुसार नयाँ सरकार गठन हुनेछ । जसमा प्रधामन्त्री केपि शर्मा ओली र अर्थमन्त्रीमा एमालेकै तर्फबाट कोहि बन्ने छ ।

यस सँगै गभर्नर महाप्रसाद अधिकारी पनि शेयर बजार प्रति केहि संयमित हुने विश्लेषण गरिएको छ । अर्को तर्फ अर्थतन्त्रमा क्रमिक रुपमा सुधार भइरहेको छ । यदि बजारमा अलिकति मात्रै कन्फिडेन्स बढ्यो भने बजारले नयाँ गति लिने लगानीकर्ताको विश्वास छ । 

मंगलबार नेप्से सूचक १५.७९ अंकले बढेर २१५२.१४ अंकमा रोकिएको छ । आज विकास बैंक र माइक्रोफाइनान्सको शेयरमा उछाल आएको छ । शेयर बजारमा उप सूचकमा सबैभन्दा धेरै बुलिस ट्रेण्ड देख्न सकिन्छ । 

फाइनान्स, होटल, उत्पादन तथा प्रशोधनमुलक र व्यापार सूचकमा करेक्नस देखिएको छ भने बाँकी सूचकमा सुधार आएको छ । बाणिज्य बैंकको सूचकमा एकदमै सुस्त सुधार देखिए पनि बाँकी सूचकका शेयरधनीले राम्रो पोर्टफेलियो बनाइसकेका छन् ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया