Nepal Life

बोल्नै डराउने अनिता दाहालको जीवनमा अभिकर्ता पेशाले ल्याएको परिवर्तन, 'आइएमई लाइफबाट ६ महिनामै एमडिआरटी'

Global Ime detail Page
  • गोविन्द राज जोशी
  • 2024 Jul Tue 15:59
बोल्नै डराउने अनिता दाहालको जीवनमा अभिकर्ता पेशाले ल्याएको परिवर्तन, 'आइएमई लाइफबाट ६ महिनामै एमडिआरटी'
Sanima Reliance

काठमाडौं । विश्वमै जीवन बीमा व्यवसायको ठुलो हिस्सा अभिकर्ता मार्फत आउने गर्दछ । कम्पनीहरुले जति सुकै सूचना तथा प्रविधिमा खर्च गरे पनि अभिकर्ताको कन्भिन्स गर्ने क्षमताकै कारण यो व्यवसाय आजका दिनसम्म टिकिरहेको छ ।

बजारमा लाखौ अभिकर्ता सक्रिय छन् । तर सबै अभिकर्ताले सफलता पाउन सकिरहेका छैनन् । बजारमा यस्ता अभिकर्ताहरुले सफलता पाइरहेका छन् जसले आफुलाई सिर्जनात्मक रुपमा प्रस्तुत गर्न सकिरहेका छन् ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको नेपालटार शाखाकी अनिता दाहाल जीवन बीमा अभिकर्ता पेशामा आउनु अगाडी कसै सँग खुलेर कुराकानी पनि गर्न सक्दैन थिइन् । जव उनले अभिकर्ता कोड लिएर आफुलाई अगाडी बढाइन् त्यस पछि उनमा ठुलो परिवर्तन आयो । उनको व्यक्तित्वमै आमुल विकास भयो ।

उनलाई अभिकर्ता पेशामा लाग्नु अगाडीसम्म बीमाको विषयमा केहि पनि जानकारी थिएन । तर पनि उनले बीमा गर्यो भने डबल हुन्छ भनेको आधारमा आफु सहित श्रीमान र छोराछोरीको बीमा गराएकी थिइन् ।

नुवाकोट मुलघर भएकी अनिताको कक्षा १२ सम्मको अध्ययन पछि विवाह भयो । विवाह पछि छोराछोरीको दायित्वले गर्दा उनि कहिल्यै बाहिर आउन पाइनन् । जागिर खान त मन थियो तर कहिल्यै फुर्सद मिलेन । दोस्रो सन्तान जन्मिए पछि उनलाई केहि फुर्सद मिल्यो । यतिकैमा उनलाई आइएमई लाइफको वरिष्ठ एजेन्सी म्यानेजर गिता तिमल्सिनाले बीमाको लागि अनुरोध गरिन् ।

आफु सहित श्रीमानको बीमा भइसकेको भन्दै उनले बीमा गर्न अस्वीकार गरिन् । तर तिमल्सिनाको पटक पटकको अनुरोध पछि उनि सानो छोराको बीमा गराउन राजी भइन् । बीमाकै क्रममा आइएमई लाइफको नेपालटार शाखामा पुगिन् ।

यसै क्रममा उनको शाखा प्रमुख तथा त्यहाँ कार्यरत कर्मचारीहरुसँग भेटघाट भयो । केहि दिनको आउजाउ पछि कम्पनीका शाखा प्रमुख मदन खतिवडाले अभिकर्ताको कोड निकालेर काम गर्न सुझाए । तर उनलाई आफुले काम गर्न सक्दिन भन्ने लागेर अस्वीकार गरिन् । शाखा प्रमुख खतिवडाले ‘पहिला कोड निकालेर त हेर्नुहोस् अनि काम भनेको त विस्तारै गर्दा हुन्छ’ भनेर सल्लाह दिए । यसरी खतिवडाको अनुरोधलाई स्वीकार गर्दै उनले अभिकर्ता कोड निकालिन् । कोड निकाले पछि उनले शाखा प्रमुखलाई एउटा अनुरोध गरिन् ‘मैले काम गर्न सके भने म आफै अगाडी हाइहाल्छु नत्र मलाई बाहिर सार्वजनिक नगर्नुहोला ।’

कोड निकाले पछि विस्तारै काम गर्न थालिन् । बीमाको विषयमा खासै धेरै जानकारी नभएकी अनितालाई शाखा प्रमुख खतिवडाले पुर्ण रुपमा सहयोग गरे । सुरुमा उनको स्वभाव नै कम बोल्ने खालको थियो । कसैले केहि सोधिहाल्यो भने पनि दोहोरो जवाफ फर्काउन पनि धक मान्थिन् ।

तर उनलाई जसरी पनि काम गर्नु पर्छ भन्ने मनमा लाग्यो । सुरु सुरुमा आफुले चिनेजानेका नजिकका व्यक्तिहरुलाई सामान्य कुराकानी गर्दै शाखा कार्यालयसम्म पुर्याउन थालिन् । त्यसपछि शाखा प्रमुख खतिवडाले सबै कुरा बुझाएर पठाइदिन्थे ।

विस्तारै विस्तारै उनलाई अभिकर्ता पेशामा रस पस्न थाल्यो । बीमाको विषयमा धेरै कुराहरु बुझिन् । पहिला पहिला शाखा प्रमुखकोमा पुर्याउनु पर्ने उनको अवस्थामा सुधार हुँदै गयो । बीमितलाई बीमाको सबै कुराहरु बुझाउन सक्ने भइन् । उनको सक्रियता यतिसम्म भयो कि अभिकर्ताको काम सुरु गरेको पहिलो ६ महिनामै एमडिआरटी बन्न सफल भइन् । हुँदा हुँदै आइएमई लाइफले राखेका हरेक टार्गेट पुरा गर्न थालिन् । सोहि वर्ष स्कुटरको टार्गेट समेत पुरा गरिन् । यसले उनलाई अभिकर्ता पेशा प्रति हौस्यायौ । आज पनि दुखले आर्जेको सोही स्कुटर चढ्छिन् ।

यति छोटो समयमा यति धेरै सफलता पाउदै गर्दा उनले धेरैका बचन पनि सुन्नु पर्यो । सबै साह्रो गाह्रो अवस्थालाई पार गर्दै उनले बीमा क्षेत्रमा मैले केहि गर्न सक्ने रहेछु भन्ने कुरालाई प्रमाणित गरिन् । एमडिआरटी २०२३ को लक्ष्य पुरा गरे पछि केहि समयका लागि श्रीमान सँगै मकाउ गइन् ।

अभिकर्ता पेशालाई मनैदेखि अंगालिसकेकी दाहाललाई मकाउ भन्दा नेपाल नै प्यारो लाग्न थाल्यो । अन्तत उनले आफैले बीमा गरेका बीमितलाई सम्झिन् र पुनः स्वदेश फर्किएर बीमा पेशामा सक्रिय हुन थालेकी छिन् । यस वर्ष पनि उनले एमडिआरटीको लक्ष्य राखेकी छिन् ।

पहिलो पटक एमडिआरटी बन्दा उनलाई जुन किसिमको सहजता थियो तर यस पटक भने त्यस्तो सहजताको अनुभुती गर्न सकेकी छैनन् । बीमा अभिकर्ता प्रति आम मानिसको नकारात्मक धारणाबाट भने उनि दुखित छिन् । जतिवेला बीमा अभिकर्ताको कामै गर्न सक्दिन भन्ने लागेको थियो त्यतिवेला एमडिआरटी बन्न सफल भएकी अनितालाई यस पटक भने कतिपय साथभाइले किन कमिशनका लागि अभिकर्ता बन्नु पर्यो भन्दा धेरै नमजा लाग्यो ।

उनको विचारमा अभिकर्ता पेशा बीमाको कन्सल्ट्यान्ट हो । जसले बीमितलाई बीमाका लागि अभिप्रेरित गर्छन् । उनिहरुको कर कापबाटै लाखौ मानिसहरुले बीमा गरेका छन् । यदि अभिकर्ताले उनिहरुलाई बीमाको लागि पहल नगर्ने हो भने आजका दिनमा कसैले पनि बीमा गर्दैन थिए । जसले बीमा गरेका छन् उनिहरुले नियमित बचतको रुपमा बीमा शुल्क बुझाइरहेका छन् र जोखिम हस्तान्तरण गरेका छन् । बीमा जस्तो पवित्र पेशामा आफुलाई समाहित गर्न पाउदा उनि निकै खुसी छिन् ।

आइएमई लाइफले २१ वटा घातक रोग लागेमा बीमाबाटै सुरक्षा प्रदान गर्ने भएकाले भोलिका दिनमा क्यान्सर जस्ता २१ घातक रोग लागेमा सहजै दाबी पाउने उनि बताउछिन् । आइएमई लाइफले दाबी प्रकृयाँलाई छिटो छरितो बनाएकाले बीमित तथा बीमितका आफन्तले कहिल्यै पनि दुख पाउनु नपर्ने उनले बताइन् ।  

उनले हालसम्म ७०/८० जना भन्दा धेरैको बीमा गराइसकिन् । उनका अधिकाम्स बीमित घरपरिवारका भन्दा पनि साथिभाइ तथा चिनजानका व्यक्तिहरु छन् । उनि आफुले चिनेजानेकाहरुलाई सामाजिक सञ्जाल तथा फोनबाटै कुराकानी गरेर प्रस्ताव राख्छिन् । यसरी सम्पर्क गर्दा बीमा गर्न राजी भए पछि भेटेर आवश्यक कागजपत्र जुटाउछिन् ।

कामै नगरी बसेकी उनलाई बीमा क्षेत्र सबैभन्दा राम्रो प्लाटफर्म बनेको । हिजोका दिनमा दोहोरो कुराकानी गर्न नसक्ने उनको व्यक्तित्वमा ठुलो विकास भएको छ । गृहणीका रुपमा घरमै बसेर समय विताउनु पर्ने अवस्थाकी अनितालाई अभिकर्ता पेशाले देश विदेशमा चिनाएको छ । यस पेशाबाट नाम र दाम दुबै कमाउन सफल भएकी छिन् । उनि भन्छिन् ‘यदि बीमा अभिकर्ता पेशामा नभएको मैले यतिका धेरै मानिसहरु सँग चिनजान तथा कुराकानी गर्न पाउने, सम्बन्ध बनाउने अवसर पाउदिन थिए ।‘

उनलाई आम मानिसहरुको बीमा अभिकर्ता प्रतिको नकारात्मक धारणा चिन्ने मन छ । यो पेशा कमिशनका लागि मात्रै होइन मानिसहरुको जीवन सँग प्रत्यक्ष रुपमा जोडिएको बचत र सुरक्षामा लाखौलाई जोड्न मन छ । यसले अन्तरालमा गएर ति बीमितले फलानो अभिकर्ताको कारणले गर्दा मैले यतिसम्म बचत गर्न सके तथा यो तहको सुरक्षा पाए भनेको अवस्था हेर्न उनको धोको छ । उनलाई जीवन बीमा ‘हरेक मानिसको जिवनमा एकदमै उपयोगी र नभै नहुने अत्यावस्यक आश्यकता’ जस्तो लाग्छ । बीमा बचत र बुढेकालको सहारा भएको हुँदा सबैले जीवन बीमा गर्नै पर्ने उनि बताउछिन् ।

यो सफलतामा सबैभन्दा धेरै साथ सहयोग पुर्याउने शाखा प्रमुख खतिवडा प्रति उनि अनुग्रहित छिन् । खतिवडाकै सहयोग र साथले गर्दा अभिकर्ता पेशामा आफु टिक्न सकिरहेको उनि बताउछिन् । उनलाई घर परिवारबाट पनि राम्रो साथ सहयोग मिलेको छ । उनले अभिकर्ता पेशालाई आजीवन रुपमा अगाडी बढाउने सोच बनाएकी छिन् । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया