NIMB Header 2
Nepal Life

नेप्से परिसूचक २३.२५ अंकले बढ्यो, विकास बैंकबाहेक अन्य सबै समूहमा हरियाली

National Life
  • BFIS News
  • 2024 Jul 10 16:26
नेप्से परिसूचक २३.२५ अंकले बढ्यो, विकास बैंकबाहेक अन्य सबै समूहमा हरियाली
Sanima Reliance

 
काठमाडौं । बुधबार नेप्से परिसूचक २३.२५ अंकले बढेको छ। नेप्से १.०८ प्रतिशतले बढेर २१७५.४० विन्दुमा बन्द भएको छ।

मंगलबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। मंगलबार पाँच अर्ब ५३ करोड ५९ लाख ५८ हजार ८८५ रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार पाँच अर्ब ७४ करोड ४० लाख ८३ हजार ३९१ रूपैयाँको सेयर कारोबार भएको छ।

Shikhar
NIMB

अघिल्लो दिनको तुलनामा कारोबार रकममा २१ करोड रूपैयाँ वृद्धि भएको हो।

आज ३२२ वटा धितोपत्रको एक करोड ५२ लाख ९६ हजार ७३९ कित्ता सेयर किनबेच भएको हो। बुधबार १९४ कम्पनीको सेयर मूल्य बढेको छ भने ४६ वटाको घटेको छ। यस्तै, ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

आज बलेफी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३८३ रूपैयाँ २० पैसा कायम भएको छ।

यस्तै, ११% केबिएल डिबेन्चर २०८९ को मूल्य ८.६६ प्रतिशतले बढेर प्रति डिबेन्चर मूल्य एक हजार १९६ रूपैयाँ ४० पैसा पुगेको छ।

बुद्धभूमि नेपाल हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६६७ रूपैयाँ ८० पैसा कायम भएको छ।

यस्तै, समाज लघुवित्तको मूल्य ९.८८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य तीन हजार ७३ रूपैयाँ कायम भएको छ।  

बुधबार हाथवे इन्भेष्टमेन्टको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २३ रूपैयाँ ५० पैसामा १५ करोड ८ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.९१ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा जानकी फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६९४ रूपैयाँ ९० पैसामा १४ करोड ८२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक समूहको परिसूचक ०.२९ प्रतिशतले घटेको छ बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। आज बैंकिङ समूहको परिसूचक सर्वाधिक १.६९ प्रतिशतले बढेको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया