Nepal Life

अन्तत: रोकियो रिलायन्स स्पिनिङ मिल्सको आइपिओ निष्कासन

NMB Bank
  • BFIS News
  • 2024 Jul 10 16:42
अन्तत: रोकियो रिलायन्स स्पिनिङ मिल्सको आइपिओ निष्कासन
National Life

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आइपिओ निष्कासन रोकिएको छ। संघीय संसदको सार्वजनिक लेखा समितिले आइपिओबारे चासो राखेपछि तत्काललाई आइपिओ निष्कासन रोकिएको धितोपत्र बोर्डले जानकारी दिएको छ।

Shikhar
NIMB

कम्पनीले पहिलो चरणमा असार २७ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि सेयर जारी गर्ने तयारी गरेको थियो। तर, वित्तीय विवरणमा कैफियत देखिएको भन्दै विवादमा आएपछि समितिले यसबारे चासो राख्दै धितोपत्र बोर्डसँग सात दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको थियो।

आज बसेको बोर्ड बैठकमा कम्पनीको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा कैफियतको विषयमा र सार्वजनिक लेखा समितिले सोधेको स्पष्टीकरणका बारेमा छलफल भएको थियो।

कम्पनीलाई बुक बिल्डिङ विधिबाट प्रतिकित्ता सेयरमूल्य ८२० रूपैयाँ ८० पैसाका दरले सेयर निष्कासन गर्न बोर्डले गत असार १२  गते अनुमति दिएको थियो।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार