Nepal Life

शेयर बजार २२ सयको अवरोध विन्दुमा, अवरोध तोड्ने अस्त्र नयाँ सरकारको अर्थमन्त्रीको हातमा, आउलान पौडेल ?

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Thu 15:12
शेयर बजार २२ सयको अवरोध विन्दुमा, अवरोध तोड्ने अस्त्र नयाँ सरकारको अर्थमन्त्रीको हातमा, आउलान पौडेल ?
Sanima Reliance

काठमाडौं । शेयर बजार ६ महिना पछि २२ सयको अवरोध विन्दुमा आइपुगेको छ । यो अवरोध विन्दुले विगत दुई वर्षदेखि शेयर बजारलाई माथि जान दिएको छैन ।  

NIMB

आज विहीबार नेप्से सूचक २९.२१ अंकको सुधार सहित २२०४.६१ अंकमा उक्लिएको छ । यो सूचक विगत ६ महिना यताकै सर्वाधिक धेरै हो । बजार विगत साढे २ वर्षदेखि २२ सय र १८ सयको विन्दुमा घुमिरहेको छ । यस अवधिमा कयौ सूचकमा बुलिस ट्रेण्ड आइसकेको छ तर नेप्से सूचक भने बढ्न सकेको छैन । फाइनान्स, हाइड्रोपावर, विकास बैंक, उत्पादन तथा प्रशोधनमुलक कम्पनी र ट्रेडिङको सूचकमा धेरै सुधार भइसकेको छ । यस अवधिमा यि कम्पनीका लगानीकर्ताले पोर्टफेलियो पनि राम्रै बढाए । 

तर बाणिज्य बैंक र केहि बीमा कम्पनीका शेयरधनीहरुको पोर्टफेलियो भने खासै माथि जान सकेको छैन । विशेषगरी बाणिज्य बैंकका शेयरधनीको पोर्टफेलियो धेरै तल छ । यस बुलमा बाणिज्य बैंकका शेयरधनीले खासै कमाउन सक्ने देखिदैन । तर केहि लो क्याप भएका हाइड्रोपावर कम्पनीहरुका शेयरधनीहरुले भने राम्रो पैसा आर्जन गर्न सफल भएका छन् । 

सरकार परिवर्तनको चर्चा सँगै आकासिएको शेयर बजारमा लगानीकर्ताले अव बन्ने अर्थमन्त्रीलाई हेरेर बसेका छन् । अव बन्ने गठबन्धनको सरकारले अर्थमन्त्रीमा विष्णु पौडेललाई ल्यायो भने बजार धेरै माथि पुग्ने लगानीकर्ताहरुको विश्लेषण छ । पौडेल यस भन्दा अगाडी अर्थमन्त्री हुँदा शेयर बजारले गति लिएको थियो । जतिवेला लगानीकर्ताले दोस्रो बजारमा राम्रो पैसा कमाए ।

तर अव बन्ने गठबन्धनले कसलाई अर्थमन्त्री बनाउने हो टुङ्गो भने लागिसकेको छैन । कतिपयले अर्थमन्त्रीमा जसरी पनि पौडेल आउने चर्चा गर्दै गर्दा कतिपयले पौडेल अव केपि ओली पछिका अध्यक्ष हुने लाइनमा भएकाले पनि उनि अहिले व्याक हट्ने भन्ने चर्चा छ । यदि उनि संघठन तथा पार्टी पङ्तीमै बसेर काम गर्न खोले पनि अर्थमन्त्रीमा अरु नै कोही आउने आकलन छ । 

तर पौडेलको पब्लिक क्रेज बुझेका वलीले पुन पौडेललाई नै सत्ताको ढुकुटी सुम्पिने सम्भावना पनि छ । पौडेल पार्टीलाई फण्ड संकलन गर्न माहिर मानिन्छन् । यसले गर्दा पनि फेरि पनि वलीको रोजाइमा पौडेल पर्ने सक्ने कतिपयको विश्लेषण छ । 

यस साता शेयर बजारमा राम्रो सुधार देखियो । सुधार सँगै कारोबार रकममा पनि व्यापक बृद्धि भएको छ । आज दोस्रो बजारमा ७ अर्ब ८ करोडको कारोबार भएको छ । कारोबार रकमले पनि बजारको सुधारलाई सपोर्ट गरेकाले अवका केहि समय बजार बढ्ने लगानीकर्ताको विश्लेषण छ । तर सरकार र सत्ता समिकरणको कदमले शेयर बजारको भविष्य निर्धारण गर्ने बजार विश्लेषकहरु बताउछन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया