Nepal Life

निजी क्षेत्रको पहिलो बैंक नबिलको चार दशकको यात्रा, शेयरधनीलाई ८६१ गुणा प्रतिफल दिन सफल

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Fri 09:56
निजी क्षेत्रको पहिलो बैंक नबिलको चार दशकको यात्रा, शेयरधनीलाई ८६१ गुणा प्रतिफल दिन सफल
Sanima Reliance

काठमाडौं । निजी क्षेत्रकै पहिलो बैंकको रुपमा स्थापना भएको नबिल बैंक आजबाट ४० वर्षको भएको छ । सन् १९८४ मा स्थापना भएको बैंकले पछिल्लो ३९ वर्षमा शेयरधनीहरुलाई आकर्षक लाभांश वितरण गरेको छ। बैंकले स्थापनादेखि हालसम्म हरेक वर्ष औसतमा ३१ प्रतिशत नगद लाभांश र २१ प्रतिशत बोनस शेयर गरी वार्षिक औसतमा ५१ प्रतिशत लाभांश दिएको छ।

NIMB

नेपाल अरब बैंकको रूपमा स्थापना भएको नबिल बैंकमा युएईका लगानीकर्ता बाहिरिएपछि उद्योगी विनोद चौधरीले बैंकमा आफ्नो बहुमत शेयरको हिस्सा बनाएका हुन् । अहिले पनि नबिल बैंकको मुख्य लगानीकर्ता चौधरी ग्रुप नै रहदै आएको छ ।

नबिल बैंकले पछिल्लो ३९ वर्षमा ५ वर्ष मात्रै लगानीकर्ताको हात खाली बनाएको छ। त्यसबाहेक अन्य सबै वर्षमा लगानीकर्तालाई लाभांश दिदै आएको छ। बैंकले स्थापनाको पहिलो ३ वर्ष शेयरधनीलाई लाभांश दिन सकेन। तर चौथो वर्षदेखि बैंकले आकर्षक लाभांश वितरण गर्दै आएको छ।

सन् १९८७/८८ मा बैंकले पहिलोपटक १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो। दोस्रो वर्षमा १२ प्रतिशत र तेस्रो वर्ष १८ प्रतिशत लाभांश वितरण गरेको थियो।

बैंकले सन् १९९०/९१ र १९९५/९६ मा कुनै पनि लाभांश वितरण गरेन त्यसबाहेक अन्य सबै वर्ष लाभांश वितरण गरिरहेको छ। बैंकले नगद दिन नसक्दा बोनस शेयर दिएर भएपनि आफ्नो लाभांश दरलाई कायम गरिरहेको छ। नबिल बैंकले एकै वर्ष नगद र बोनस गरी १३५ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो। सन् १९९४/९५ मा बैंकले सबैभन्दा बढी लाभांश दिएका हो। नगद लाभांश मात्रै हेर्दा सन् २००६/०७ मा बैंकले शेयरधनीलाई १०४ प्रतिशत नगद लाभांश वितरण गरेको हो यो हालसम्मकै धेरै लाभांश हो।

३९ वर्षमा २० अर्ब बढीको नगद लाभांश वितरण

नविल बैंकले स्थापना भएदेखि हालसम्म शेयरधनीलाई २० अर्ब ५ करोड ४४ लाख ७३ हजार ४३१ रुपैयाँको लाभांश वितरण गरेको छ। बैंकले स्थापना भएपछि शेयरधनीलाई ६ वर्ष नगद लाभांश वितरण गर्न सकेन् भने ३३ वर्ष बैंकले नगद लाभांश वितरण गरेको छ।

हरेक वर्ष बैंकले आफ्ना शेयरधनीलाई दिने लाभांश बढाउँदै लगेको छ। बैंकले दिएको बोनस समेत हिसाब गर्ने हो भने लगानीकर्ताको शेयरको सँख्या समेत कयौ गुणा बढीसकेको छ। जसले गर्दा बैंकको पूँजी पनि बढेको छ। अहिले पूँजी बढेको कारण बैंकको लाभांश प्रतिशतमा कम भएपछि रकममा हेर्दा भने हरेक वर्ष बढ्दै गइरहेको छ। हाल बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। पहिलोपटक शेयरधनीलाई कुल ४९ लाख ७० हजार ४०० रुपैयाँ लाभांश दिएको नबिल बैंकले अहिले करिब ३ अर्ब लाभांश वितरण गर्न सक्ने क्षमता बनाइसकेको छ।

चालु आर्थिक वर्षमा बैंकले २ अर्ब ९७ करोड रुपैयाँ नगद लाभांश वितरण गरेको छ। अघिल्लो वर्ष बैंकले २ अर्ब ६२ करोड रुपैयाँ नगद लाभांश वितरण गरेको थियो।

२२ अर्ब ७७ करोड बोनस शेयर वितरण

नबिल बैंकले ३९ वर्षमा २१ पटक बोनस शेयर बाँडेको छ। बैंकले अधिकतम शत प्रतिशतसम्म बोनस दिएर १०० कित्ता शेयर खरिद गर्ने लगानीकर्तालाई समेत करोडौको मालिक बनाइदिएको छ।

मानौ कुनै लगानीकर्ताले बैंकको स्थापना हुँदा १०० कित्ता नबिल बैंकको शेयर खरिद गरेको थियो भने उसको शेयरको मूल्याँकन अहिले २ करोड रुपैयाँभन्दा धेरैको हुने देखिन्छ। सुरुमा लिएको १०० कित्ता शेयर बैंकले २१ पटक दिएको बोनसले गर्दा अहिले ५९ हजार ६१४ कित्ता पुगेको छ। अहिले नबिल बैंकको बजारमूल्य ५०० रुपैयाँको हाराहारी छ। यही मूल्यको आधारमा हिसाब गर्दा पनि उसको कुल शेयरको मुल्याँकन ३ करोड बढी हुन जान्छ। अझ बैंकले दिएका नगद लाभांशलाई समेत पुन लगानी गर्दै जाने हो भने यो रकम अझै ठूलो हुन्छ।

बैंकले नेपाल बंगालदेश बैंकलाई प्राप्ति गरि चुक्ता पूँजी ४ अर्ब २३ करोड बढाएको छ । आइपिओ निष्काशन पछि कायम चुक्ता पूँजी ४ करोड ९७ लाख रुपैयाँलाई पहिलो लगानी मान्दा बैंकले अहिलेसम्म शेयरधनीलाई ६७० गुणा भन्दा धेरै प्रतिफल प्रदान गरिसकेको छ ।

हाल बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड मध्ये आइपिओ निष्काशन भन्दा अगाडीको तीन करोड आइपिओ निष्काशन पछि चार करोड ९७ लाख  बाहेक सबै पूँजी बोनस शेयरबाटै जुटाएको हो । यसमा बोनस शेयरको हिस्सा २२ अर्ब ७७ करोड छ । यस बाहेक नगद लाभांश २० अर्ब रहेको छ । यसरी बोनस शेयर र नगद लाभांश जोड्दा बैंकले ४२ अर्ब भन्दा धेरै रकम कमाएर शेयरधनीलाई वितरण गरिसकेको छ । यस हिसावले बैंकले स्थापनाकालदेखि अहिलेसम्ममा शेयरधनीलाई ८६१ गुणा लाभांश वितरण गरिसकेको छ ।

यस बाहेक शेयरधनीले दोस्रो बजारबाट पनि राम्रो प्रतिफल प्राप्त गरिसकेको छ । बैंकले २०६४ साल साउन ९ गते नेपाल स्टक एक्सचेन्जमा आफ्नो शेयर सूचिकृत गरेको थियो । यसरी दोस्रो बजारमा शेयर सूचीकृत पश्चात पनि शेयरधनीले राम्रो क्यापिटल गेन गर्न सफल भएका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया