Nepal Life

बैंकहरुले ११ महिनाको मुनाफाबाट कर्मचारीलाई छुट्टाए ९ अर्ब ३७ करोड बोनस, कुन बैंकको कति ?

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Fri 18:01
बैंकहरुले ११ महिनाको मुनाफाबाट कर्मचारीलाई छुट्टाए ९ अर्ब ३७ करोड बोनस, कुन बैंकको कति ?
Sanima Reliance

काठमाडौं । बैंक वित्तीय संस्थाले जेठ महिनासम्मको मुनाफाबाट ९ अर्ब ३७ करोड रुपैयाँ बोनस छुट्टाएका छन् । बैंकहरुले ६१ अर्ब ९५ करोड मुनाफा आर्जन गरेर उक्त रकम बोनसका लागि प्रोभिजनिङ गरेका हुन् ।

NIMB

नियम अनुसार बैंकहरुले कर्मचारीहरुका लागि मुनाफाको १० प्रतिशत छुट्ट्याउनु पर्छ । यहि व्यवस्था अनुसार नविल बैंकले सर्वाधिक धेरै १० करोड रुपैयाँ बोनसका लागि छुट्टाएको छ । बैंकले ११ महिनाको अवधिमा ६ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ ।

दोस्रो धेरै कर्मचारी बोनस ग्लोबल आइएमई बैंकले छुट्टाएको छ । ग्लोबलले ५ अर्ब ९ करोड मुनाफा आर्जन गरि कर्मचारीका लागि ७८ करोड ७७ लाख सुरक्षित गरेको छ ।

त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ३८ करोड मुनाफा आर्जन गरेर ६९ करोड ६२ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ । चौथो नम्बरमा रहेको प्रभु लाइफले तीन अर्ब ३ करोड मुनाफा आर्जन गरि ५६ करोड ८३ लाख प्रोभिजनिङ गरेको छ । 

बैंकहरुले आर्थिक वर्षको अन्तिम समयमा मुनाफामा सुधार गरेका छन् । बैंकहरुका अनुसार यस वर्षको अन्तिम समयमा केहि कर्जामा गरिएका ट्रिटमेन्टले मुनाफामा सुधार देखिदैछ । बैंकहरुले नेपाल राष्ट्र बैंकले दिएको सुविधा भित्र रहेर खराव कर्जालाई समय दिएर राम्रो बनाएका छन् । 

आर्थिक मन्दी तथा ऋणीको कर्जा भुक्तानी गर्न सक्ने क्षमतामा आएको ह्रासलाई मध्यनजर गर्दै कतिपय बैंकले कर्जालाई वासिङ गरिरहेका छन् । यसो गर्दा बैंकहरुले अन्तिम समयमा राम्रो वित्तीय विवरण प्रस्तुत गर्ने देखिएको छ । 

खराव कर्जा बढ्दा बैंकहरुको प्रोभिजनिङ बढ्दै आइरहेको छ छ । त्यस माथि पनि कर्जा रिकभर नहुँदा बैंकहरुको व्यवसाय विस्तारमा पनि अवरोध हुँदै आएको छ । व्यवसाय विस्तारमा अवरोध हुने वित्तीकै बैंकहरुको मुनाफामा ठुलो असर पर्छ । मुनाफा घट्ने वित्तीकै कर्मचारीहरुले पाउने नियमित बोनस रकममा पनि गिरावट आउछ । बैंकहरुले अवको केहि समयमै चालु आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्नेछन् । यसबाटै बैंकहरुको रणनीतिलाई प्रष्ट देखिने छ । तर राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिना अवधिको वित्तीय अवस्था हेर्दा बैंकहरुले कर्जालाई वासिङ गर्न सुरु गरिसकेको प्रष्ट देखिन्छ । 

कर्मचारीले कसरी पाउछन् मुनाफाबाट बोनस

यसरी छुट्टाइएको बोनस रकम बैंकहरुले आर्थिक वर्ष सकिए पछि वितरण गर्छन् । केहि रकम अग्रिम रुपमा दिए पनि पुरै रकम भने लेखापरीक्षण पश्चात मात्रै वितरण गर्छन् ।

बैंकमा काम गर्ने कर्मचारीले नियमित तलवका अतिरिक्त विभिन्न सेवा सुविधा बापत १८ देखि २२ महिनासम्मको सुविधा बुझ्ने गरेका छन् । १२ महिनाको तलवका अतिरिक्त बैंकहरुले कर्मचारीलाई कम्तिमा पनि दशैमा एक महिनाको तलब, स्वास्थ्य उपचारका लागि एक महिना, फोर्स लिभ बापत एक महिना र बोनस रकम प्रदान गर्छन् । यस बाहेकको सुविधा बैंकहरुको आ-आफ्नै नियम अनुसार वितरण हुन्छ । यसले गर्दा बैंकमा काम गर्न कर्मचारीहरुको आकर्षित हुन्छन् ।

तलब सुविधा जति आकर्षक छ त्यो भन्दा धेरै काम तथा जिम्मेवारी पनि बहन गर्नु पर्छ । कुनै कुनै समयमा त राति १२ बजेसम्म पनि काम गर्नु पर्ने बाध्यता कर्मचारीमा हुन्छ । वर्क लोडकै कारण कतियले बैंकिङ क्षेत्रलाई छाडेर अन्यन्त्र क्षेत्रमा काम गरेका कयौ उदाहरुण पनि छन् । पछिल्ला दिनमा बैंकमा आकर्षक तलब सुविधा बुझ्ने कर्मचारीहरुमा पनि अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान, युरोप मोह देख्न सकिन्छ ।

अझ मर्जरका कारण हजारौ कर्मचारी विस्तापित हुनु परेको छ । आफु सरहका साथिहरुले विदेशमा गएर गरेको प्रतिगतिलाई तुलना गरेर पनि बैंकका कर्मचारी सबैभन्दा धेरै चिन्तित हुने गरेको एक बैंकरले बताए । तलब सेवा सुविधा अनुसार खर्च पनि त्यहि किसिमको हुने भएकाले बचत गर्न धेरै गाह्रो छ । जति आकर्षक तलब देखिन्छ त्यो भन्दा धेरै खर्च र घट्दो बचतका कारण समग्रमा बैंकका कर्मचारीमा पनि सन्तुष्टी देखिदैन । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया