Nepal Life

बीमालाई वास्तविक जीवन सँग तुलना गर्न खप्पिस आइएमई लाइफकी नारन्ती देवि ऐर, भन्छिन् ‘बीमा विनाको जीवन आमा विनाको घर जस्तै हुन्छ’

Global Ime detail Page
  • प्रभात कुईकेल
  • 2024 Jul Sat 15:03
बीमालाई वास्तविक जीवन सँग तुलना गर्न खप्पिस आइएमई लाइफकी नारन्ती देवि ऐर, भन्छिन् ‘बीमा विनाको जीवन आमा विनाको घर जस्तै हुन्छ’
Sanima Reliance

काठमाडौं । एक दशक अगाडीसम्म नेपालमा जीवन बीमाको पहुँच ५ प्रतिशत नागरिकमा पनि थिएन । अहिले ४० प्रतिशत भन्दा धेरै नेपालीहरु बीमाको पहुँच भित्र छन् । यसरी पहुँच बढ्नुमा सबैभन्दा ठुलो योगदान बीमा अभिकर्ताहरुको छ । जसले गाउँ गाउँमा गएर बीमा बुझाएर बीमित बनाउन सफल भएका छन् ।

जसलाई बीमाको बास्तविक दुत ‘ब्राण्ड एम्बास्डर’ भन्दा फरक पर्दैन । बीमाको पहुँच सुदुरपश्चित जस्तो विकट क्षेत्रमा पुर्याउदै आएकी नारन्ती देवी ऐर एक्लैले अहिलेसम्ममा ५ सय भन्दा धेरैको बीमा गरिसकेकी छिन् । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको झलारी शाखाबाट २०७३ सालदेखि अभिकर्ताको रुपमा काम गर्दै आएकी ऐरले बीमा क्षेत्रमा पुर्याएको योगदान वास्तवममै उदाहरणिय छ ।

जीवन बीमाको महत्व बुझाएर आमा मानिसलाई बीमाको दायरामा ल्याउनु पक्कै पनि सहज छैन । उनले हरेक मानिसलाई बीमाको बारेमा बुझाउनु पर्यो भने सबैभन्दा पहिला ‘बीमा विनाको जीवन आमा विनाको घर जस्तै हुन्छ’ भन्छिन् । हरेक अभिकर्ताको बीमा गराउने तौर तरिका आ-आफ्नै किसिमको हुन्छ । नारन्ती देवी ऐरले कहिल्यै पनि बीमा गराउदा एउटै रणनीति प्रयोग गर्दिनन् । यो नै उनको सबैभन्दा ठुलो खुबी हो ।

हरेक मानिसका आ-आफ्नै कथा व्यथा हुन्छन् । सबैलाई आफ्नै समस्या ठुलो लाग्छ । जसले उनिहरुको समस्या बुझ्न सक्छ उसैलाई हृदयदेखि नै आफ्नो मानिस भनेर सोच्न पुग्दछन् । यहि यथार्थ वस्तुस्थितीलाई बुझेर बीमा बुझाउन सक्नु वास्तवमै कला हो । यहि कलाबाट सुसञ्जित ऐनले पहिलो वर्ष श्रीमानलाई नभनी लुकी लुकी काम गरिन् ।

उनले यति राम्रो काम गरिन् पहिलो वर्षमै आइएमई लाइफले दिएको टार्गेट पुरा गर्दै विदेश भ्रमणका लागि योग्य भइन् । उनको फोटो राखेर कम्पनीले फेसबुक मार्फत शेयर गर्यो । त्यस पछि बल्ल उनका श्रीमानले थाहा पाए । जतिवेला उनको श्रीमान नेपाल आर्मीमा कार्यरत थिए । अहिले अवकास भइसकेका उनका श्रीमानले यस विषयमा सोधपुछ गरे । श्रीमानलाई सबै कुरा भनिदिइन् । अभिकर्ता बनेर पैसा कमाउन सकिने मान सम्मान इज्जत पनि पाइने भने पछि श्रीमानले पनि समर्थन गरे । यसरी डराइ डराइ लुकेर काम गर्नु पर्ने बाध्यता टर्यो ।

दर्चुलामा कक्षा ८ सम्मको अध्ययन पछि उनिले कञ्चनपुरमा आएर एसएलसीसम्मको अध्ययन पुरा गरिन् । सामाजिक काममा एकदमै सक्रिय ऐन सहकारी संस्थाको उपाध्यक्ष छिन् । सामादायिक बनको सचिव भएर पनि काम गरिन् । अहिले उनको श्रीमान सोहि सामुदायिक बनको अध्यक्ष छन् । अहिले उनको काममा सबैभन्दा धेरै साथ सहयोग कसैको छ भने त्यो उनकै श्रीमानको छ । बीमामै लागेर उनले केहि जग्गा जोड्न सफल भएकी छिन् । केहि काम गर्नु पर्यो भने श्रीमानको भर पर्नु पर्ने बाध्यतालाई चिर्दै उनले छोरीको सबै पढाइ खर्च बेहोर्दै आएकी छिन् ।   

बीमालाई पनि सामाजिक कामकै रुपमा हेर्ने ऐरले गराएका कुनै पनि पोलिसी सरेण्डर भएका छैनन् । यसबाट पनि उनिहरुको व्यवसाय कति नेचुरल छ भन्ने कुरा पुष्टी हुन्छ ।

प्रायः अभिकर्ताहरु ठुला ठुला बीमा गराएर छिट्टै एमडिआरटी बन्छन् । तर ऐरलाई एमडिआरटी बन्न ७ वर्ष लाग्यो । उनले गराएका अधिकाम्स बीमा पोलिसी ५ लाख भित्रका छन् । यस वर्ष पनि उनले ५ महिनामै एमडिआरटीको लक्ष्य पुरा गरिन् । उनि आइएमई लाइफबाट २०२५ का लागि एमडिआरटी क्वालिफार्ड भएकी हुन् ।

उनको अधिकाम्स समय बीमाको काममै वित्छ । अहिले त उनको काम नयाँ पोलिसीमा भन्दा पनि पुरा पोलिसीको जानकारी दिदै वित्ने गर्छ । अहिले यि नै बीमित वरिवरिका व्यक्तिहरुको बीमा गराउदा पनि उनलाई ठिक्क छ । उनले आफ्नो समाजमा यतिसम्म छाप छाड्न सफल भएकी छिन कि को कसैले बीमा गरान प्रास्ताव गर्यो भने पनि उनिहरु सबैभन्दा पहिला उनैलाई सोध्न आइपुग्छन् ।

उनले जीवन बीमालाई नै पहिलो पेशा बनाउने योजना बनाएकी छिन् । जसरी आमा घर खल्लो हुन्छ त्यस्तै बीमा विनाको जीवन पनि सुन्य हुने भन्दै उनि जीवन बीमामै तल्लिन छिन् । उनले बीमा गराएका मध्ये अहिलेसम्म २ जनाले मृत्यु दाबी भुक्तानी पाएका छन् भने २ जनाले घातक रोग बिरुद्धको दाबी प्राप्त गरिसकेका छन् ।

उनि मानिसहरुलाई बीमाको महत्व बुझाउन हरेक किसिमका जानकारी प्रदान गर्छिन् । दाबी भुक्तानी पाएका फोटोहरु देखाएर हुन्छ कि बीमाबाट प्राप्त गर्न सकिने लाभहरु भनेर हुन्छ कि जसरी पनि बीमा प्रति आकर्षित गर्ने काम गर्दै आएकी छिन् । उनि भन्छिन् ‘बीमा शरिरको विभिन्न अंगहरु जस्तै एउटा महत्वपुर्ण अंग हो । भविष्यमा हुन सक्ने जस्ता सुकै दुर्घटनाको सुरक्षादेखि लिएर बचतका लागि बीमा अनिवार्य छ ।’

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया