Nepal Life

आज यी ३ कम्पनीको साधारण सभा बस्दै

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Sun 08:42
आज यी ३ कम्पनीको साधारण सभा बस्दै
Shikhar detail

काठमाडौं । आज असार ३० गते नेप्सेमा सूचीकृत ३ कम्पनीले वार्षिक साधारण सभा बोलाएका छन् । यसदिन विजय लघुवित्त, समाज लघुवित्त र रसुवागढी हाइड्रोपावरले वार्षिक साधारण सभा डाकेका हुन् । यी ३ वटै कम्पनीले लाभांश प्रस्ताव बिना नै साधारण सभा बोलाएका हुन् ।

NIMB

विजय लघुवित्तको वार्षिक साधारण सभा धुलिखेल लज रिसोर्ट धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभाले एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ् । सभामा कम्पनीले लाभांश वितरणसम्बन्धी भने कुनै पनि प्रस्ताव पेश गरेको छैन । सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव सभाले पारित गर्ने कार्यक्रम छ । 

साधारण सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले असार १७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार १६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

समाज लघुवित्तको सभा जानकी फेमिली होटल एन्ड पार्टी प्यालेस, मलंगवा, सर्लाहीमा बिहान ११ बजे सुरु हुनेछ । सभामा यस कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । 

साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नको लागि २ जना सञ्चालकहरुको निर्वाचन हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले असार २० गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार १९ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।  

रसुवागढी हाइड्रोपावरको वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा कमलादी काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । आज यस कम्पनीको २ आर्थिक वर्ष (दशौं र एघारौं) वार्षिक साधारण सभा एकसाथ बस्न लागेको हो । सभामा आर्थिक वर्ष २०७८–०७९ र २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभाले स्वतन्त्र समूहबाट प्रतिनिधित्व गर्ने १ जना महिलासहित ४ जना सञ्चालक नियुक्ति गर्नेछ । साथै, स्वतन्त्र सञ्चालक २ जना निवाचन गर्नेछ । यता, सभा प्रयोजनका लागि कम्पनीले जेठ २३ गते बुक क्लोज गरिसकेको छ ।  जेठ २२ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया