Nepal Life

२२०० को अवरोध विन्दुलाई तोड्दै शेयर बजार बुलिस ट्रेण्डमा, सत्ता समिकरणको बदलाव सँगै लगानीकर्ता मालामाल

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Sun 15:14
२२०० को अवरोध विन्दुलाई तोड्दै शेयर बजार बुलिस ट्रेण्डमा, सत्ता समिकरणको बदलाव सँगै लगानीकर्ता मालामाल
Sanima Reliance

काठमाडौं । सत्ता समिकरणमा आएको बदलाव सँगै शेयर बजार बुलिस ट्रेण्डमा देखिएको छ । साढे दुई वर्षदेखिको २२ सयको अवरोध विन्दुलाई तोड्दै शेयर बजारले नयाँ टार्गेट निर्माण गरेको छ । 

NIMB

बजारले २२ सयको अवरोध विन्दु तोड्दै गर्दा कारोबारले पनि राम्रो साथ दिएको छ । आइतबार ७ अर्ब ६२ करोडको कारोबार हुँदा नेप्से सूचक भने ५२.९७ अंकले सुधार भएको छ । बजार साढे दुई वर्ष पछि २२५७ अंक कायम गर्न सफल भएको छ । 

आज ओपनिङ सेसनमै शेयर बजारले गति लिएको थियो । सत्ता समिकरणमा आएको परिवर्तनबाट हौसिएका लगानीकर्ताले २२९० अंकसम्म पुर्याएका थिए । आज बस्ने भनिएको संसद भोलिका लागि सारिए पछि लगानीकर्ता केहि हच्किएका हुन् । नत्र आजै शेयर बजार सर्किट लाग्ने अवस्थामा थियो । 

बजार बढ्नुका पछाडी राजनीतिक परिवर्तन मात्रै नभएर बैंक वित्तीय संस्थामा थुप्रिएको निक्षेप र घट्दो व्याजदर पनि हो । जव जव व्याजदर घट्छ तव तव बजारमा सुधार आउने गरेको छ । विगत तीन वर्ष भन्दा लामो समयदेखि शेयर बजार वियरिस ट्रेण्डमा थियो । नेप्से सूचक ३२ सय अंकसम्म पुगेर तल झर्ने क्रममा यस वर्ष १८२६ अंकसम्म घट्यो । यहि तल्लो विन्दुलाई आधार मान्ने हो भने पनि नेप्से सूचक ४३१ अंकले बृद्धि भइसकेको छ ।  

यस क्रममा केहि कम्पनीबाट लगानीकर्ताले राम्रो पैसा पनि कमाइसकेका छन् । यसले लगानीकर्ताको मनोबल थप बढाएको बजार विश्लेषक बताउछन् । आज सबैभन्दा धेरै बाणिज्य बैंकको सूचकमा सुधार देखिएको छ । हाइड्रोपावर, उत्पादनमुलक कम्पनीको शेयरमा पनि राम्रो सुधार देखिएको छ । 

आजको सुधार विशेषगरी विगतका दिनमा बढ्न नसकेका कम्पनीमा देखिएको छ । बाणिज्य बैंकको शेयर मूल्य बास्तवममै पछिल्ला दिनको तुलनामा धेरै तल्लो विन्दुमा छ । रिडि, माण्डु जस्ता हाइड्रोपावरमा सर्किट लागेको छ । बलेफी हाइड्रोपावरका शेयरधनीको पोर्टफेलियो भने घटेको छ । केहि म्युचुअल फण्डको मूल्यमा पनि राम्रो गिरावट देखिएको छ । 

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया