Nepal Life

साथिको लहै लहैमा अभिकर्ता बनेकी कल्पना विष्ट युरोप छाडेर सानिमा रिलायन्सको ‘टप एजेन्सी म्यानेजर’ बन्न सफल

Global Ime detail Page
  • प्रभात कुईकेल
  • 2024 Jul Mon 18:19
साथिको लहै लहैमा अभिकर्ता बनेकी कल्पना विष्ट युरोप छाडेर सानिमा रिलायन्सको ‘टप एजेन्सी म्यानेजर’ बन्न सफल
Sanima Reliance

काठमाडौं । “सफलता पाउनु छ भने विदेश जानु पर्छ” भन्ने कथन आम नेपालीहरु माझ एउटा पेचिलो भाष्यका रुपमा स्थापित छ । यहि भाष्यका कारण हामी जुन सुकै उमेर समुहका व्यक्तिहरुमा विदेश मोह देख्न पाउछौ । जो सुकैलाई सोधे पनि एउटै कुरा सुन्न पाइन्छ ‘नेपालमा अवसर छैन । काम गर्ने वातावरण छैन ।’

तर तीन वर्ष युरोप बसेर फर्किएकी कल्पना विष्टले यस्तो भाष्यलाई गलत प्रमाणित गरिदिएकी छिन् । नेपालमा स्नातक उत्तीर्ण गरेर ‘साइप्रस’ हानिएकी कल्पना विष्टलाई साढे तीन वर्ष पछि विदेशमा बस्न मन लागेन । उनलाई स्वदेशमै केहि गर्नु पर्छ जस्तो लाग्यो र नेपाल फर्किइन् ।

नेपाल फर्किएर पनि उनि केहि समय घरमै बसिन् । यतिकैमा उनका साथि केशव राज बराल साविक सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको टडी शाखाका शाखा प्रमुख भइसकेका थिए । उनले कल्पनालाई पुनः अभिकर्ता पेशामा फर्किन सुझाए । खासमा कल्पना स्नातक अध्ययनकै क्रममा साथिको लहै लहैमा साविक प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको अभिकर्ता बनेकी थिइन् । साथिले अभिकर्ता बन्यो भने केहि पैसा पनि कमाइ हुन्छ भनेर यस पेशामा भित्र्याएका थिए । लाइसेन्स लिए पछि उनले राम्रै काम पनि गरिन् । तर स्नातकसम्मको अध्ययन पुरा गरेपछि फेरि पनि साथिकै लहै लहैमा ‘साइप्रस’ होमिइन् ।

उनको साइप्रस यात्रा पारिवारिक बाध्यता वा कर काप थिएन । साथिहरुले ‘सबै जना विदेश गइरहेका छन् हामी पनि जाउ न’ भनेकै भरमा उनि साइप्रस गएकी थिइन् । साथिको लहै लहैमा युरोप छिरेकी कल्पनाले साथिलाइ ‘म मन लागुन्जेल बस्छु त्यस पछि फर्किन्छु’ भनेकी थिइन् । साथिलाई भने जस्तै उनलाई साढे तीन वर्ष पछि बस्न मन लागेन ।

 सहयोगी स्वभावकी कल्पनाले पढ्दा पढ्दै युनिसेफ, ग्रिन तारा नेपाल जस्ता एनजिओ आइएनजिओमा काम गर्ने क्रममा नेपालका अधिकाम्स भुभागमा पुग्ने अवसर प्राप्त गरेकी थिइन् । उनले एनजिओमा शिक्षा स्वास्थ्य जस्ता विषयमा तालिम तथा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै फिल्डमै काम गरिन् । यसले उनको बोल्ने कलादेखि बुझाउने सिपको विकास गर्यो ।

साथिको लहै लहैमा युरोप पुगेकी कल्पनालाई तत्कालिन समयमा खासै उपलब्धिपुर्ण नलागे पनि अहिले आएर त्यो बसाई सबैभन्दा उपयोगी सावित भएको उनि बताउछिन् । युरोपमा बस्दा उनले गैर आवसिय नेपालीहरुलाई भेट्ने तथा सम्बन्ध बनाउने मौका पाइन् । अहिले त्यहि सम्बन्धलाई उनले बीमामा कन्भर्ट गर्न सफल भएकी छिन् ।

कल्पनाले अहिलेसम्म २ सय भन्दा धेरैलाई बीमा गराइसकेकी छिन् । त्यसमा पनि नेपाल अधिराज्य भरका बीमित छ । जीवन बीमा प्राय पारिवारिक व्यवसायका रुपमा चिनिन्छ । परिवार परिपरिका र केहि चिनजानका मानिसहरुलाई बीमा गराइसके पछि धेरै जसले यो पेशा नै छाड्छन् । तर कल्पनाको बीमितहरु नेपाल अधिराज्यभरका छन् भन्दा अचम्म लाग्छ ।

उनका अधिकाम्स बीमितहरु सामाजिक सञ्जालबाटै जोडिन्छन् । साइप्रस बस्दा चिनजान भएका दिदि बहिनीहरुको बीमा गराउदा गराउदै अहले तिनै दिदि बहिनिहरु मार्फत उनि सँग बीमा गराउन जोडिने गरेका छन् । उनले यो विश्वासका लागि धेरै मिहिनेत गर्नु परेको छ । विदेशी भुमिमा बसेर गराएको बीमा पोलिसीको फाइल उनि ति नै दिदि बहिनिको नेपाल स्थित घरमै पुर्याइदिन्छिन् । चाहे त्यो हुम्ला जुम्ला नै किन न होस् ।

युरोपका अधिकाम्स मुलुकमा पिआर नहुने भएकाले त्याहा काम गरेका नेपालहीरले स्वदेश फर्किने योजना बनाइरहेका हुन्छन् । विदेशमा बस्दा सबै कुराको बीमा भए पनि नेपाल फर्किए पछि हातमा बीमा पोलिसी हुँदैन त्यसैले गर्दा उनिहरुको बाध्यात्मक बचतको  लागि उनि अभिप्रेरित गर्छिन् । उनि भन्छिन् ‘युरोपमा विभिन्न काम गरेर बस्नु भएका दिदि बहिनिहरुका लागि मासिक ५०/१०० युरो सामान्य रकम हो । तर उहाँहरुले यो रकमलाई बीमा मार्फत बचत गर्नु भयो भने नेपाल फर्किए पछि उहाँहरुले बोनस सहित एकमुष्ट रकम पाउनु हुन्छ । यहि कुराहरु गरेर म बीमाको लागि राजि गराउछु ।’

नेपालमा निम्न मध्यम वर्गका जो कोहिलाई कुनै पनि घातक रोग लाग्यो भने माग्दै माग्दै सडकमा आउनु पर्ने बाध्यता छ । उनि सबैभन्दा पहिला यस्तो तीतो यथार्थलाई बुझाउने प्रयास गर्छिन् । कसैको धुम्रपान गर्ने कसैको मदिरापान गर्ने कुलत हुन्छ । अझ यस्ता व्यक्तिहरुलाई क्यान्सर लगायतका घात रोग लाग्ने सम्भावना धेरै हुन्छ । यस बाहेक सामान्य मानिसहरुलाई पनि क्यान्सर जस्ता घातक रोग लागिरहेको हुन्छ । यस्तो अवस्थाको जोखिमलाई पनि आर्थिक रुपमा सुरक्षण गर्न बीमा अनिवार्य आवश्यक रहेको उनि बताउछिन् । यि दुई दृष्टिकोणबाट बुझाउने वित्तीकै जो कोहि पनि बीमा गराउन राजि हुने उनको अनुभव छ । बीमा धनिमानीका लागि भन्दा पनि गरिव निमुखाका लागि सबैभन्दा उपयोगी रहेको उनको तर्क छ ।

उनको बीमित विदेशमा मात्रै होइन स्वेदशमा पनि धेरै छन् । परिवार भित्रका सदश्यहरु बाहेक अन्य व्यक्तिहरुलाई पनि बीमा गराउन खप्पिस छिन् । बीमाकै लागि उनि आफ्नो सम्पुर्ण समय खर्चिन्छिन् । प्रकृति प्रेमी कल्पना ट्रेकिङका लागि नेपालका अधिकाम्स भुभागमा पुगिसकिन् । चाहे त्यो बीमितको फाइल पुर्याउन होस् चाहे घुमफिर नै किन नहोस् ।

अभिकर्तालाई नै मुख्य पेशाको रुपमा अगाडी बढाएकी कल्पना विगत दुई वर्षदेखि सानिमा रिलायन्स लाइफको सर्वाधिक धेरै व्यवसाय गर्ने दोस्रो नम्बरमा पर्दै आइरेहकी छिन् । कल्पना विगत सन् २०२२ देखि लगातार एमडिआरटी भइसकेकी छिन् ।

एमडिआरटी कल्पना विष्ट नेपालको झण्ड फहराउदै सिङ्गापुरमा आयोजना भएको एमडिआरटी सम्मेलनमा समेत भाग लिन पुगेकी थिइन् । यस्तो सम्मेलनमा विश्वका धेरै देशबाट मानिसहरु आउछन् । अन्य मुलुकका मानिसहरुले आ-आफ्नो देशको झण्डा बोकेर आउदै गर्दा आफूले पनि नेपालको झण्डा बोक्दा खुसी लागेको उनले बताइन् । सम्मेलनका क्रममा उनले धेरै कुराहरु सिक्ने बुझ्ने र हेर्ने मौका पनि पाइन् ।

गएको थोरै मात्रै टार्गेट पुरा गर्न नसकेर सिओटी बन्नबाट चुकिन् । यस वर्ष भने उनि जसरी पनि सिओटी बन्ने जोस जागरका साथ अगाडी बढेकी छिन् । यस वर्ष ५५ भन्दा धेरैको बीमा गराएकी कल्पनाले गएको वर्ष ८५ वटा पोलिसी बिक्री गरेकी थिइन् । उनले कहिल्यै पनि टार्गेट पुरा गर्ने वा कमिशनको लोभमा बीमितको क्षमता भन्दा बढिको बीमा गराउने गरेकी छैनन् ।

बीमाङ्क निर्धारण गर्नु भन्दा पहिला बीमितको आम्दानी खर्च लगायतका जानकारी लिए पछि मात्रै बीमा गराउने उनको स्वभावकै कारणले उनि बीमितहरुको प्यारो बन्न सफल भएकी छिन् । उनको काम देखेर अन्य कम्पनीहरुले जागिरको लागि धेरै अफर पनि गरे । तर उनि आफुलाई चिनाउने सानिमा लाइफ र बीमितलाई आफुले चिनाएको सानिमा रिलायन्स लाइफ भन्दा बाहिर जान नसक्ने उनि बताउछिन् ।

जीवन बीमा गर्दा सबैभन्दा पहिला बीमितहरुले अभिकर्तालाई चिन्दछन् । त्यस पछि मात्रै कम्पनी खोज्दछन् । यसरी बीमितका लागि अभिकर्ता नै कम्पनी हो । उनको अझै केहि गर्ने उमेर छ । बीमा अभिकर्ता पेशा सधै एकनास नहुने भएकाले उनि अभिकर्तालाई सपोर्ट हुने गरि अरु केहि गर्ने सोचमा छिन् । कम्पनीले पोलिसीको ब्राण्डिङमा उनलाई 'मोडल'का रुपमा प्रस्तुत गरेको छ । यसबाट पनि उनि धेरै खुसी छिन् । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया