Nepal Life

शेयर बजार २ वर्ष यताकै सर्वाधिक उचाइमा, जलविद्युत क्षेत्रका मन्त्री बन्दा हाइड्रोपावरको शेयरमा उछाल

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Tue 15:15
शेयर बजार २ वर्ष यताकै सर्वाधिक उचाइमा, जलविद्युत क्षेत्रका मन्त्री बन्दा हाइड्रोपावरको शेयरमा उछाल
Sanima Reliance

काठमाडौं । शेयर बजारले २ वर्ष यताकै सर्वाधिक उचाइ बनाएको छ । नेप्से सूचक २०७९ जेठमा २३ सय भन्दा माथि थियो । २०७८ भदौ २ गते ३२ सय पुगेर लगातार तल झर्ने क्रममा १८२९ अंकसम्म तल झर्यो । बजार ३२ सयबाट १८२९ सम्म झर्न एक वर्ष पनि लागेन ।

 

NIMB

तर बजार १८ सयदेखि २२ सयको विचमा विगत २ वर्षदेखि घुमिरह्यो । पछिल्लो एक वर्षको अवधिमा भने शेयर बजार १८२६ अंकबाट सुधार हुँदै आजको दिनसम्ममा २३१०.५९ अंकसम्म कायम भएको छ । मंगलबार नेप्से सूचक ७०.१८ अंकले बढेको हो । सूचक सँगै कारोबार रकम पनि ९ अर्ब १३ करोड पुगेको छ ।

यो कारोबार रकमले पनि बजारको सुधारलाई राम्रो साथ दिएको छ । हिजो बजारमा सामान्य करेक्सन देखिए पनि आज पुन सुधार हुनुले बजार बुलिस ट्रेण्डमा अगाडी बढेको लगानीकर्ताहरु बताउछन् । यस अवधिमा लगानीकर्ताले पोर्टफेलियोमा राम्रो सुधार भएको छ ।

बजारमा उछाल आउदा ८ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । बाँकी सबै कम्पनीको शेयर मूल्यमा सुधार आएको छ । झण्डै १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज हाइड्रोपावरमा उछाल आएको छ । हाइड्रोपावरमा उछाल आउदा शेयर बजारमै सुधार आएको हो । जलविद्युत क्षेत्रका लगानीकर्ता उर्जा व्यवसायी नै उर्जा तथा जलस्रोत मन्त्री भएकाले पनि आज हाइड्रोपावरमा उछाल आएको हो । हाइड्रोपावरको शेयरमा उछाल आउदा अन्य कम्पनीको सुधारमा पनि टेवा पुर्याएको हो । नयाँ सरकार आउने चर्चा सँगै उचालिएको शेयर बजार अन्तत पुर्ण रुपमा बुलिस ट्रेण्डमा अगाडी बढेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया