NIMB Header 2
Nepal Life

सिद्धार्थ इन्टरनेशनल होटलले आइपिओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

National Life
  • BFIS News
  • 2024 Jul 16 15:25
सिद्धार्थ इन्टरनेशनल होटलले आइपिओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
Sanima Reliance

काठमाडौं । सिद्धार्थ हस्पिटालिटी अन्तर्गतको सिद्धार्थ इन्टरनेशनल होटल लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।

Shikhar
NIMB

मंगलबार बिहान सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपाने र मुक्तिनाथ क्यापिटलका तर्फका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कविन्द्रध्वज जोशीले सम्झौतामा हस्ताक्षर गरे।  

चालु आर्थिक वर्षमै आइपिओ निष्कासन गरिने तयारी गरिएको छ। कूल जारी पूँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा ल्याउन लागिएको हो।  

सिद्धार्थ इन्टरनेशनल होटल लिमिटेडअन्तर्गत बौद्धस्थित चार तारे स्तरीय सिद्धार्थ बुटिक होटल र रुपन्देहीको भैरहवास्थित पाँच तारे सिद्धार्थ भिलासा सञ्चालनमा छन्।  सिद्धार्थ हस्टिपालिटी अन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डका साथै हस्पिटालिटी एजुकेशन, रेष्टुरेन्ट, कटेज, क्याफे, कृषि फार्म, ट्रेडिङ, आइटीलगायत दुई दर्जनभन्दा बढी कम्पनी सञ्चालनमा छन् ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया