Nepal Life

नेपाल लाइफ पुरानै लयमा फर्कियो, ‘८ अर्ब ५ करोड प्रथम बीमा शुल्क सहित कुल ४१ अर्ब आर्जन गर्न सफल’

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Wed 05:22
नेपाल लाइफ पुरानै लयमा फर्कियो, ‘८ अर्ब ५ करोड प्रथम बीमा शुल्क सहित कुल ४१ अर्ब आर्जन गर्न सफल’
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा ४१ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत वर्ष प्रथम बीमा शुल्क आर्जन मात्रै ८ अर्ब ५ करोड रुपैयाँ आर्जन गरेको छ । नविकरण बीमा शुल्क आर्जन ३३ अर्ब रुपैयाँ रहेको छ ।

यस भन्दा अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कुल बीमा शुल्क आर्जन ३७ अर्ब १६ करोड रुपैयाँ थियो । जस मध्ये प्रथम बीमा शुल्क आर्जन ६ अर्ब ३७ करोड थियो । यसरी अघिल्लो वर्षको तुलनामा कम्पनीले प्रथम बीमा शुल्क आर्जन २६ प्रतिशतले बढाउन सफल भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पुरानै लयमा फर्किएको छ । पछिल्लो ३ वर्ष अगाडी आन्तरिक तथा बाह्य कारणले कुल बीमा शुल्क आर्जनमा नेपाल लाइफको बजार हिस्सा १८ प्रतिशतसम्म खुम्चिएको थियो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को सुरुवाति दिनदेखिनै आफुलाई पुरानै लयमा फर्काउने प्रयास गरिरहेको थियो । गत जेठ महिनासम्मको कुल बीमा शुल्क आर्जन तर्फ नेपाल लाइफको बजार हिस्सा २६.५८ प्रतिशत पुगेको थियो ।

गत जेठ महिनासम्ममा नेपाल लाइफको कुल बीमा शुल्क आर्जन ३५ अर्ब ५६ करोड थियो । असार महिनामा मात्रै नेपाल लाइफले साढे ५ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जसमा प्रथम बीमा शुल्क आर्जन करिव एक अर्ब ८० करोड रहेको छ ।

नेपाल लाइफको यहाँसम्मको यात्रामा सबैभन्दा ठुलो योगदान अभिकर्ताहरुको छ । गएका वर्षमा अभिकर्ताहरुले विभिन्न मागहरु राखेर आन्दोलनमा उत्रिएका थिए । जसले गर्दा कम्पनीको बजार हिस्सामै ठुलो असर पर्यो । कम्पनीको सञ्चालक समिति तथा उच्च व्यवस्थापनले अभिकर्ताका सबै माग संबोधन गर्दै कम्पनीको बजार हिस्सालाई पुरानै अवस्थामा फर्काउन अनुरोध समेत गरेका थिए ।

सिइ‌ओ पराजुलीको द्वन्द व्यवस्थापनामा देखिएको कुशलता

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली यस्तो समयमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेका थिए जतिवेला कम्पनीलाई आन्तरिक तथा बाह्य रुपमा ठुलो आक्रमण भइरहेको थियो । आन्तरिक रुपमा अभिकर्ता च्यानलमा ठुलो असन्तुष्टी थियो ।

अभिकर्ताहरुले कोभिड १९ जस्तो असहज अवस्थामा पनि कम्पनीले इन्सेन्टिभ र टार्गेटमा परिवर्तन ल्याएको भन्दै चर्को विरोध गरिरहेका थिए । कम्पनी यस समयमा केहि कोर्ष करेक्सनको तहमा थियो । कर्मचारी तहमा पनि केहि विरोधका आवाज सुनिने गरिन्थ्यो । यहि समयमा बजारका अन्य प्रतिस्पर्धी कम्पनीले पनि नेपाल लाइफको गलत प्रचार गर्न राम्रै भुमिका खेले । अर्को सबैभन्दा जटिल पक्ष मुलुक चरम आर्थिक मन्दीमा गुज्रिरहेको थियो ।  

यि सबै कुराहरुलाई चिर्दै पराजुलीले देखाएको कुशलताले आज कम्पनी पुरानै लयमा फर्किन सफल भएको हो । पराजुलीले कम्पनीको बागडोर सम्हाल्दा बजार हिस्सा १८ प्रतिशतमा झरेको थियो । शालिल स्वभावका पराजुलीको अग्ररतामा कम्पनीले कोर्स करेक्सन गर्न सफल भएको छ । अहिलेको अवस्थामा कम्पनी पुर्ण रुपमा विवाद रहित र ट्रायाकमा आएको उनि बताउछन् ।

कम्पनी यहि रफ्तारमा अगाडी बढ्यो भने चालु आर्थिक वर्षमै बजार हिस्सा ३० प्रतिशत नघाउने उनको विश्वास छ । कम्पनी आजका दिनसम्ममा सावधिक जीवन बीमा पोलिसीमै केन्द्रित रहदै आएको छ । अन्य प्रतिस्पर्धी कम्पनीले आवधिक, माइक्रो पोलिसी र वैदेशिक रोजगार बीमाबाट राम्रो बीमा शुल्कका साथै मुनाफा आर्जन गर्दै गर्दा नेपाल लाइफले यस तर्फ ध्यान पुर्याइरहेको थिएन ।

कम्पनीले गएका वर्षमा जस्तै सावधिक जीवन बीमाको अतिरिक्त यस वर्ष आवधिक तथा माइक्रो पोलिसीमा पनि केन्द्रित भएर अगाडी बढ्ने पराजुलीले बताए । कम्पनीले आवधिक तथा माइक्रो पोलिसीमा ध्यान नदिएकै कारण बृद्धिदर बढाउन नसकेको उनको विश्लेषण छ । उनले भने ‘हामीले सावधिकलाई यहि गतिमा अगाडी बढाउदै माइक्रो पोलिसी र टर्म पोलिसीमा पनि बजार विस्तार गर्यो भने हामीलाई बजार हिस्सा बढाउन धेरै सजिलो हुन्छ ।’

खासमा गएका वर्षमा कम्पनी सँग माइक्रो पोलिसी नै थिएन । नेपाल बीमा प्राधिकरणले चाइल्ड पोलिसीमा ल्याएको परिवर्तनका कारण धेरै लामो समय चाइल्ड पोलिसी पनि बिक्री गर्न पाएन । तर वर्षको अन्तिम समयमा यि सबै कुराहरु कम्पनी सँग उपलब्ध थियो । यसले आगामी वर्षमा राम्रै माइलेज दिने उनको विश्वास छ ।

नेपाल लाइफको अभिकर्ता सञ्जाल वास्तवमै बलियो छ । पेशागत जीवन बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले कम्पनी सँगको सहमति पछि नेपाल लाइफको टार्गेट पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कम्पनीको अभिकर्ता सञ्चालन धेरै ठुलो र बलियो रहेकाले यो सञ्जाल अलिकति मात्रै तात्दा पनि नेपाल लाइफको व्यवासयमा ठुलो प्रभाव पर्ने गरेको छ ।

अव कम्पनीले नयाँ दिशा तय गरेको छ । यहि हिसावले अगाडी बढेर काम गर्दै गयो भने पुरानै अवस्थाको बजार हिस्सामा पुग्न केहि पनि पनि लाग्दैन । कम्पनीले आफ्नो क्षमतालाई सदुपयोग गरे मात्रै पुग्छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया