Nepal Life

नेप्सेको उकालो यात्रा जारी : ३५ महिनायताकै सर्वाधिक कारोबार, २३६४.६३ विन्दुमा पुग्यो नेप्से

NMB Bank
  • BFIS News
  • 2024 Jul 17 15:47
नेप्सेको उकालो यात्रा जारी : ३५ महिनायताकै सर्वाधिक कारोबार, २३६४.६३ विन्दुमा पुग्यो नेप्से
National Life

काठमाडौं । बुधबार नेप्से परिसूचक ५४.०४ अंकले बढेर २३६४.६३ विन्दुमा पुगेको छ। परिसूचक २७ महिनायताकै उच्च विन्दुमा पुगेको हो। यसअघि २०७९ वैशाख २८ गते २३६९ विन्दुमा नेप्से पुगेको थियो।

Shikhar
NIMB

आज कारोबार पनि ३५ महिनायताकै उच्च भएको छ। बुधबार १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ रूपैयाँको सेयर कारोबार भएको छ। यसअघि २०७८ भदौ १५ गते १३ अर्ब २५ करोड बराबरको कारोबार भएको थियो।

मंगलबार ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा २ अर्ब ९२ करोड रूपैयाँ वृद्धि भएको हो।

आज ३०६ वटा धितोपत्रको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर किनबेच भएको हो।

बुधबार २०४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ वटाको घटेको छ। यस्तै, ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

आज सेन्ट्रल फाइनान्सको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य ६०३ रूपैयाँ ९० पैसा कायम भएको छ। यस्तै, सिंगटी हाइड्रो इनर्जीको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २०७ रूपैयाँ ४० पैसा कायम भएको छ।

सिटिजन्स म्युचुअल फण्ड–२ को मूल्य सर्वाधिक ९.९० प्रतिशतले घटेको छ। उक्त योजनाको मूल्य ९ रूपैयाँ ४६ पैसा कायम भएको छ। यस्तै, १०% एनएमबी डिबेञ्चर २०९० को मूल्य ७.७२ प्रतिशतले घटेर प्रति डिबेञ्चर मूल्य एक हजार ३१ रूपैयाँ कायम भएको छ।

आज सिंगटी हाइड्रो इनर्जीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य २०७ रूपैयाँ ४० पैसामा २३ करोड ५५ लाखको सेयर कारोबार भएको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८६४ रूपैयाँमा २२ करोड ७१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यसदिन व्यावार समूहको परिसूचक सर्वाधिक ७.३० प्रतिशतले बढेको छ भने होटल्स तथा पर्यटन समूहको परिसूचक ५.५५ प्रतिशतले बढेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार