Nepal Life

राष्ट्र बैंकले ९ विकास बैंक तथा फाइनान्सका सञ्चालक तथा सिइओलाई गर्यो कारबाही

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Wed 18:27
राष्ट्र बैंकले ९ विकास बैंक तथा फाइनान्सका सञ्चालक तथा सिइओलाई गर्यो कारबाही
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को चैथो त्रैमाशिक अवधिमा नेपाल राष्ट्र बैंकका प्रचलित कानुनी व्यवस्थाको उल्लङ्घन गर्ने ९ वटा विकास बैंक तथा फाइनान्सलाई कारबाही गरेको छ । राष्ट्र बैंकले विकास बैंक तथा फाइनान्सलाई मात्रै नभए सञ्चालक र प्रमुख कार्यकारी अधिकृतहरुलाई समेत कारबाही गरेको हो ।

NIMB

राष्ट्र बैंकले विकास बैंक तर्फ कर्णाली विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंकलाई कारबाही गरेको छ । त्यस्तै फाइनान्स तर्फ प्रोग्रेसिभ फाइनान्स र वेष्ट फाइनान्सलाई कारबाही गरेको छ ।

राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात कायम नगरेको भन्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ४७ तथा यस बैंकबाट जारी इ.प्रा.निर्देशन नं. १३/०८० को बुँदा नं. १ को उपबुँदा ३, ४ र ५ तथा इ.प्रा.निर्देशन नं. २१/०८० को बुँदा नं. ७ (संशोधन समेत) मा भएको व्यवस्था बमोजिम रु.२,५४६.७२ जरिबाना लगाइएको छ ।

नारायणी डेभलपमेण्ट बैंक लि.

बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (क) बमोजिम संस्थालाई २०८० माघ २१ मा गरिएको शीघ्र सुधारात्मक कारवाहीलाई निरन्तरता दिइएको छ ।

कर्पोरेट डेभलपमेण्ट

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५९ को उपदफा (२) मा भएको व्यवस्था विपरित संस्थाले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको बिवरण यस बैंक समक्ष ढिलो पेश गरेको तथा त्यस्तो विवरण सर्वसाधारणको जानकारीको लागि यस बैंकले तोकेको समयावधि भन्दा ढिला हुने गरी सार्वजनिक गरेको भन्दै कारबाही गरेको हो । राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन तथा कम्पनी ऐन, २०६३ को दफा  ७६ को उपदफा (१) विपरित हुने गरी वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र (म्याद थप सहित) लेखापरीक्षण सम्पन्न नगरेको र वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न गरी विद्यमान कानूनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरु उल्लङ्घन गरेको देखिएकाले संस्थाको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराएको छ ।

सिन्धु विकास बैंक लि.

संस्थाले २०८१ असार ११ मा पठाएको वित्तीय विवरण अनुसार सुपरिवेक्षकीय समायोजन पश्चात संस्थाको पुँजीकोष अनुपात ६.७१ भई राष्ट्र बैंकद्धारा इजाजतपत्र प्राप्त संस्थाहरुलाई जारी एकीकृत निर्देशनको इ.प्रा.नं. १ मा उल्लिखित कायम गर्नुपर्ने न्यूनतम पुँजीकोष अनुपात ३२.९० प्रतिशतले नपुग भएको हुँदा बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ख) बमोजिम शीघ्र सुधारात्मक कारवाही गरेको हो ।

सिन्धु विकास बैंक

राष्ट्र बैकबाट जारी एकीकृत निर्देशनको व्यबस्था विपरित चेक खरिद गरको, चेकलाई धितोको रुपमा लिएको र सो चेकको आधारमा रु.२ करोड ५० लाख बराबरको शेयर धितो फुकवा गर्ने निर्णय सञ्चालक समितिबाट गरे गराएको, व्यक्तिगत जमानीमा ऋण प्रवाह गरिएका ४ वटा ऋणीहरुलाई प्रवाह गरिएको कर्जाको साधारण व्याज समेत मिनाह गरी साँवा रकम मात्र असुल उपर गर्ने सञ्चालक समितिको निर्णयबाट संस्थालाई हानी पुगेको र यसबाट लगानीकर्ता, निक्षेपकर्ता तथा सर्वसाधारणको हित विपरीतका कार्यहरु भएको, अध्यक्षको हैसियतले त्यस्तो कार्यहरु हुन नदिन प्रयास गरेको नदेखिएको, यस बैंकको निर्देशन विपरित त्यस संस्थामा गरिएका हरेक निर्णय व्यवस्थापनको सिफारिसमा गरीएको भनी निर्णयको स्वामित्व लिन नखोजी गैह–जिम्मेवारीपूर्ण तर्क पेश गरेको तथा संस्था सुधारका लागि यस बैंकबाट पटक पटक दिइएका निर्देशनहरू पालना नगरेकोले संस्थाको सञ्चालक समितिका अध्यक्ष, राजेन्द्र कुमार श्रेष्ठलाई नेपाल राष्ट्र बैक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (ग) बमोजिम रु.५ लाख नगद जरिबाना गरेको हो ।

एक्सेल डेभलपमेण्ट बैंक

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५९ को उपदफा (२) मा भएको व्यवस्था विपरित संस्थाले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको बिवरण यस बैंक समक्ष ढिलो पेश गरी त्यस्तो विवरण सर्वसाधारणका जानकारीको लागि यस बैंकले तोकेको समयावधि भन्दा ढिला हुने गरी सार्वजनिक गरेको, यस बैंकवाट जारी एकीकृत निर्देशन तथा कम्पनी ऐन, २०६३ को दफा ७६ को उपदफा (१) विपरित हुने गरी वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको६ महिना भित्र (म्याद थप सहित) लेखापरीक्षण सम्पन्न नगरेको र वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न गरी विद्यमान कानूनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरु उल्लङ्घन गरेको देखिएकाले संस्थाको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा ( २) को खण्ड (क) बमोजिम सचेत गराएको छ ।

बेष्ट फाइनान्स कम्पनी

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५९ को उपदफा (२) मा भएको व्यवस्था विपरित संस्थाले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको बिवरण यस बैंक समक्ष ढिलो पेश गरेको तथा त्यस्तो विवरण सर्वसाधारणको जानकारीको लागि यस बैंकले तोकेको समयावधि भन्दा ढिला हुने गरी सार्वजनिक गरेको, यस बैंकवाट जारी एकीकृत निर्देशन तथा कम्पनी ऐन, २०६३ को दफा ७६ को उपदफा (१) विपरित हुने गरी वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको६ महिना भित्र (म्याद थप सहित) लेखापरीक्षण सम्पन्न नगरेको र वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न गरी विद्यमान कानूनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरु उल्लङ्घन गरेको देखिएकाले संस्थाको सञ्चालक समितिलाई नेपाल राष्ट बैंक ऐन, २०५८ का दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराएको छ।

रिलायन्स फाइनान्स

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५९ को उपदफा (२) मा भएको व्यवस्था विपरित संस्थाले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको बिवरण यस बैंक समक्ष ढिलो पेश गरेको तथा त्यस्तो विवरण सर्वसाधारणको जानकारीको लागि यस बैंकले तोकेको समयावधि भन्दा ढिला हुने गरी सार्वजनिक गरेको, यस बैंकवाट जारी एकीकृत निर्देशन तथा कम्पनी ऐन, २०६३ को दफा ७६ को उपदफा (१) विपरित हुने गरी वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको६ महिना भित्र (म्याद थप सहितं) लेखापरीक्षण सम्पन्न नगरेको र वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न गरी विद्यमान कानूनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरु उल्लङ्घन गरेको देखिएकाले संस्थाको सञ्चालक समितिलाई नेपाल राष्ट बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराएको छ ।

प्रोग्रेसिभ फाइनान्स

संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६२ अनुसार तोकिएको समयावधिभित्र वाह्य लेखापरीक्षण सम्पन्न गरी कम्पनी ऐन, २०६३ को दफा ७६ मा तोकिएको समयावधिभित्र वार्षिक साधारण सभा सम्पन्न गर्नुपर्नेमा आ.व. २०७८/७९ को वार्षिक साधारण सभा आ.व. २०८०/८१ मा सम्पन्न गरेको र आ.व. २०७९/८० को वाह्य लेखापरीक्षण प्रतिवेदन प्रकाशन गर्न सहमतिका लागि हालसम्म यस बैंक समक्ष पेश नगरेको हुँदा पटक पटक उपरोक्त व्यवस्थाहरुको पालना नभएको देखिएकोले संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उप–दफा (२) को खण्ड (क) बमोजिम सचेत गराएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया