Nepal Life

२७ महिनापछि नेप्से परिसूचक २४ सय अंकमाथि, नयाँ सरकार गठनपछि निरन्तर उकालो

NMB Bank
  • BFIS News
  • 2024 Jul 18 12:49
२७ महिनापछि नेप्से परिसूचक २४ सय अंकमाथि, नयाँ सरकार गठनपछि निरन्तर उकालो
National Life

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ महिनापछि २४ सय अङ्कको बिन्दुमा पुगेको छ । नयाँ सरकार गठन गरेयता नेप्से परिसूचक निरन्तर बढ्दै आएको छ।

Shikhar
NIMB

आज कारोबार सुरु भएको २६ औं मिनेटमै नेप्सेले २४०० को उचाई छोएको थियो।   

असार १७ गतेयता १४ कारोबारका दिनमा परिसूचक २ दिन मात्रै घटेको छ। यसअघि २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा थियो।

साताको अन्तिम कारोबार दिन पनि लगानीकर्तामा उत्साह उत्साहजनक नै देखिएको छ। राजनीतिक स्थायित्वसँगै अर्थमन्त्रीमा सेयर बजारमैत्री विष्णु पौडेल आउने खबरसँगै बजार उकालो चढ्न थालेको थियो।

यस्तै लगानी तथा बजारमैत्री मौद्रिक नीति सार्वजनिक हुने आसमा पनि लगानीकर्तामा उत्साह बढाएको छ। मौद्रिक नीति शुक्रबार जारी गर्ने तयारी भए पनि निश्चित भने भइसकेको छैन।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार