Nepal Life

‘ओभर क्याप’का कम्पनीमा उछाल आउदा लगानीकर्ताले पाए ठुलो राहात, सातामा २२० अंकको सुधार हुँदा साढे ५२ अर्बको कारोबार

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Thu 15:22
‘ओभर क्याप’का कम्पनीमा उछाल आउदा लगानीकर्ताले पाए ठुलो राहात, सातामा २२० अंकको सुधार हुँदा साढे ५२ अर्बको कारोबार
Sanima Reliance

काठमाडौं । अर्थमन्त्रीमा विष्णु प्रसाद पौडेलको आगमन सँगै शेयर बजारले साढे २ वर्ष देखिको अवरोध विन्दुलाई तोडेर बुलिस ट्रेण्ड पक्रेको छ ।  सत्ता समिकरण परिवर्तनका लागि नेपाली कांग्रेस र नेकपा एमाले विचको सहमति सँगै अर्थमन्त्रीमा विष्णु प्रसाद पौडेल आउने चर्चा भए सँगै बढ्न थालेको शेयर बजारमा ३८७ अंकको सुधार देखिएको छ ।

NIMB

अझ पौडेल अर्थमन्त्रीमा पक्का भएर नियुक्ति पश्चात यस सातामा नेप्से सूचक २२० अंकले सुधार भएको छ । शेयर बजारमा सुधार मात्रै भएको छैन कारोबार रकममा पनि ह्वात्तै बृद्धि भएको छ । यस साता मात्रै साढे ५२ अर्बको कारोबार भएको छ । उनि अहिलेसम्म गरेर तीन पटक अर्थमन्त्री भए । उनि अर्थमन्त्री भएको तीनै पटक शेयर बजारले बुलिस ट्रेण्ड पक्रेको छ ।

यस साता २२० अंकको सुधार सँगै नेप्से सूचक २७ महिना यताकै सर्वाधिक विन्दु कायम गर्न सफल भएको छ । सूचकलाई कारोबारले राम्रो साथ दिएको छ । पौडेलको नियुक्ति सँगै लगानीकर्ताको कन्फिडेन्स बढ्दा बजारमा ठुला लगानीकर्ताको आगमन भएको छ । यसमा नयाँ ब्रोकर तथा साना लगानीकर्ताले राम्रो साथ दिएका छन् ।

साताको अन्तिम दिन ५९.६८ अंकको सुधारमा १५ अर्ब ५४ करोडको कारोबार भएको छ । अर्थमन्त्री पौडेलले नेपाल राष्ट्र बैंकले लगाउदै आएको शेयर धितोकर्जाको सिमालाई हटाउने चर्चाले पनि बजारमा उछाल आए हो । यदि शेयर धितोकर्जामा लगाइएको सिमा हट्यो भने बजारले अझ माथिल्लो विन्दुको टार्गेट लिने लगानीकर्ताको विश्लेषण छ ।

यस बाहेक अहिले लगानीकर्ताहरु सँग प्रयाप्त तरलता छ । म्युचुअल फण्ड, बीमा कम्पनी, संस्थागत लगानीकर्ता र ठुला लगानीकर्ताले लगानी बढाएका छन् । यसले गर्दा पनि कारोबार रकममा व्यापक बृद्धि भएको छ । अहिलेको रोचक पक्ष सबैभन्दा तल्लो विन्दुमा रहेका स्टकको शेयर मूल्यमा धेरै नै सुधार हुन थालेको छ । जसले लगानीकर्ताको पोर्टफेलियोमा राम्रो सुधार आएको छ । अहिले शेयर बजारमा लगानीकर्ताहरु माझ यति कमाए उति कमाए भन्ने बाहेक अर्को स्वर सुन्नै पाइदैन ।

आज ६ वटा कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्ने क्रममा सर्किट लागेको छ । १४३ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा ९५ वटा कम्पनीको शेयर मूल्यमा सुधार भएको छ । आज सर्वाधिक धेरै बाणिज्य बैंकको सूचकमा ८० अंक अर्थात ६.२८ प्रतिशतले सुधार भएको छ । फाइनान्स र हाइड्रोपावरका लगानीकर्ताले भने नाफा बुक गरेका छन् । ओभर क्याप कम्पनीमा पनि सुधार हुँदा नेप्से सूचकमा धेरै नै सुधार भएको हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया