Nepal Life

धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी सहसचिव महेश बराललाई

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Fri 05:10
धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी सहसचिव महेश बराललाई
Sanima Reliance

काठमाडौं । नयाँ अर्थमन्त्री आएसँगै नेपाल धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी फेरिएको छ । साउन ३ गतेदेखि लागू हुने गरी अर्थ मन्त्रालयका सहसचिव महेश बरालले बोर्ड अध्यक्षको जिम्मेवारी पाएका छन् ।

NIMB

अर्थ मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट बराल बोर्ड सञ्चालक सदस्य मनोनीत भएका हुन् । धितोपत्रसम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक समिति सदस्यले अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था छ । सोहीबमोजिम हाल बोर्ड अध्यक्ष पद रिक्त रहेको अवस्थामा अर्थका प्रतिनिधि बरालले अध्यक्षको जिम्मेवारी पाएका हुन् । नवनियुक्त अध्यक्षले साउन ३ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिई जिम्मेवारी सम्हालेको बोर्डले जानकारी दिएको छ ।

नवनियुक्त अध्यक्ष बराल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक हुन् । अब बरालले आफ्नो नियमित जिम्मेवारीसँगै बोर्ड अध्यक्षका रूपमा काम गर्नेछन् ।

यसअघि बोर्ड सञ्चालक समितिमा अर्थ मन्त्रालयको प्रतिनिधित्व सहसचिव नरेन्द्रकुमार रानाले गरेका थिए । गत जेठ ८ गते रानाले बोर्ड अध्यक्षको जिम्मेवारी पाएका थिए ।

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले वैशाख १ देखि बोर्ड अध्यक्षको जिम्मेवारीमा रहेका अर्थका सहसचिव रीतेशकुमार शाक्यलाई फिर्ता बोलाएर उक्त ठाउँमा रानालाई पठाएका थिए । बोर्ड अध्यक्षको जिम्मेवारी पाएको १ महीना नबित्दै अर्थमन्त्री पौडेलले रानालाई हटाएका हुन् ।

बिहीवार बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष बरालले सूचीकृत संस्था तथा बजार सहभागीहरूको संस्थागत सुशासन, बोर्ड तथा बोर्डमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि, बजारको विकास एवं विस्तार र स्थायित्वमा जोड दिँदै तोकिएको जिम्मेवारी पूरा गर्न सम्पूर्ण कर्मचारीलाई निर्देशन दिए ।

बोर्ड अध्यक्ष बराललाई बोर्डका उच्च पदस्थ कर्मचारी सहित सम्पूर्ण कर्मचारीहरूले स्वागत गरी उनको सफल तथा सुख कार्यकालको शुभकामना प्रदान गरेका छन् । बोर्ड अध्यक्ष बरालले स्वागत कार्यक्रममा सूचीकृत संगठित संस्था तथा बजार सहभागीहरूको संस्थागत सुशासन, बोर्ड तथा बोर्डमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि, बजारको विकास, विस्तार र स्थायित्वमा जोड दिँदै सम्पूर्ण कर्मचारीहरूलाई तोकिए बमोजिमको जिम्मेवारी निर्भिकतापूर्वक सम्पादन गर्न निर्देशन समेत दिए । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया