‘व्याड इप्रेसन’ बनाएका डा. युवराज खतिवडाको आगमन सँगै लगानीकर्ता त्रसिद, सुरुमै मौद्रिक नीतिमा हस्तक्षेप

  • BFIS News
  • 2024 Jul Sat 05:23
‘व्याड इप्रेसन’ बनाएका डा. युवराज खतिवडाको आगमन सँगै लगानीकर्ता त्रसिद, सुरुमै मौद्रिक नीतिमा हस्तक्षेप

काठमाडौं । शेयर बजारले कहिल्यै नरुचाएका पूर्व अर्थमन्त्री तथा गभर्नर डा. युवराज खतिवडाको 'कम व्याक' सँगै लगानीकर्ता त्रसिद देखिएका छन् । प्रधामन्त्री केपि शर्मा ओलीले खतिवडालाई प्रमुख आर्थिक सल्लाहकार बनाए सँगै उनको पहिलो हस्तक्षेप नै राष्ट्र बैंकबाट सुरु भएको छ ।

आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति तयार नपुगेको भन्दै सार्वजनिक हुन नसके पनि प्रमुख कारक भने खतिवडा नै रहेको चर्चा छ । हुन पनि हो जतिवेला खतिवडा अर्थमन्त्री थिए उनको तन मन सबै राष्ट्र बैंकमै थियो । तत्कालिन गभर्नर चिरञ्जिवी नेपाललाई उनले गरेको हस्तक्षेप र मौद्रिक नीतिको माइक्रो म्यानेजमेन्टमै उनको कार्यकाल वित्यो ।

उनले तत्कालिन समयमा अर्थमन्त्री भएपछि विविसी नेपाली सेवामा देखिएको अन्तर्वातामा बैंक वित्तीय संस्थाले प्रवाह गर्ने कर्जा शेयर बजार जस्तो अनुत्पादनमुलक क्षेत्रमा जानु हुँदैन भन्ने अभिव्यक्तिले शेयर बजारलाई सबैभन्दा धेरै असर गर्यो । उनि गभर्नर हुँदाको इप्रेसन पनि बजारमा राम्रो थिएन । यसले गर्दा शेयर बजारले उनलाई कहिल्यै पनि रुचाएन । यति मात्रै होइन खतिवडालाई कुनै पनि व्यवसायीले रुचाएनन् । त्यस पछि तत्कालिन समयमै ओलीले विष्णु प्रसाद पौडेलालाई अर्थमन्त्री बनायो ।

पौडेल अर्थमन्त्री हुने वित्तीकै शेयर बजार मात्रै होइन पुरै अर्थतन्त्रमा खुसियाली छायो । अहिले पनि पौडेलको आगमन सँगै शेयर बजारमा उछाल आयो । शेयर बजार मात्रै होइन अन्य क्षेत्रका व्यक्तिहरुमा कन्फिडेन्स बढेको छ । नेपाल जस्तो एकदमै सानो अर्थतन्त्र भएको देशमा तथ्य र तथ्याङ्क भन्दा पनि कन्फिडेन्सले छिटो काम गर्छ ।

प्रधानमन्त्री ओलीले अहिले एकै पटक कन्फिडेन्स बढाउने अर्थमन्त्री र तथ्याङ्कमा खेल्नले डा. खतिवडालाई प्रयोग गरेका छन् । ‘व्याड इम्प्रेसन’ बनाएका खतिवडाको आगमन सँगै आज हरेक लगानीकर्तामा डर भय त्रास देख्न सकिन्छ । यस सँगै आजै एउटा लगानीकर्ताको समुह प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्यो । तर यस्ता समुहलाई भेट्न सजिलै दिने ओलीले नतिजा मुखी निर्देशन दिएको भने पाइदैन ।

खतिवडाको सुरुमै राष्ट्र बैंकमा हस्तक्षेप गर्दा अव आउने मौद्रिक नीति कस्तो आउने हो टुग्गो छैन । खासमा गभर्नर महाप्रसाद अधिकारी पनि खतिवडाकै चेला भएकाले उनले खतिवडाको अनुरोधलाई स्वीकार गरि मौद्रिक नीति सार्वजनिक नगरेका हुन् । अहिले सबै लगानीकर्ताको ठुलो चाहना शेयर धितो कर्जामा लगाउदै आएको सिमालाई हटाउनु पर्ने छ ।

अर्थमन्त्री पौडेल आफै ब्रोकरका मालिक भएको हुँदा उनले शेयर बजार मैत्री नीति ल्याउने आम लगानीकर्ताको आत्म विश्वास छ । उनि जहिले जहिले अर्थमन्त्री भए सधै शेयर बजारले बुलिस ट्रेण्ड बनाएको छ । यस पटक पनि उनको आगमन सँगै शेयर बजारले गति लिएको छ । यस अवधिमा बजारमा साना ठुला दुबै किसिमका लगानीकर्ताको प्रवेश भएको छ । जसले शेयर खरिद गरेर बसेका छन् उनिहरु सबैभन्दा धेरै चिन्तामा छ ।

चिन्ता मेटाउन लगानीकर्ताहरु स्वयं राष्ट्र बैंकले शेयरधितो कर्जाको सिमा हटाउने तथा लचक मौद्रिक नीति आउने भन्दै चर्चा गरिरहेको सुन्न पाइन्छ । सरकारले अहिले लोकप्रियता खोजिरहेको हुँदा प्रधानमन्त्री ओलीले विष्णु पौडेलाई नियुक्त गरेका हुन् । अर्को तर्फ खतिवडा ओलीका यस्ता प्रिय मात्र हुन् जसले ‌ओलीलाई तथ्याङ्क बुजाउछन् । तथ्याङ्कलाई कसरी प्रयोग गर्ने भन्ने कुरामा उनि एकदमै चलाख छन् । यसले गर्दा पनि उनि रोजाइमा परेको हुन सक्छ । तर खतिवडा ओलीको कमजोरी पनि हुन् । मुलुक तथ्याङ्क भन्दा बढि सेन्टिमेन्टबाट चलेको छ । मात्र यहि हो खतिवडाले गलत सल्लाह चाही पक्कै दिने छैनन् ।

प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरको सेट मिलेकाले राम्रो नतिजाका लागि पनि उनिहरुले बजारमा नराम्रो हुने गरि काम नगर्ने बजार विश्लेषक घनश्याम पाण्डे बताउछन् । त्यस्तै अर्का लगानीकर्ता  लक्ष्मी तामाङ भन्छिन् ‘युबराज खतिवडा प्रती नेपाली जनताको बिश्वास छैन । यो भन्दा अगाडी बिगार्ने र अनुत्पादक छेत्रको लगानी भनेर तर्साउने नै युबराज खतिवडा हुन् ।’

खतिवडा मौद्रिक विज्ञ भएकाले प्रधानमन्त्रीले अगाडी सारेका हुन् । यदि त्रिकोणात्मक सम्बन्ध बन्यो भने लगानीकर्ताले ठुलो राहत पाउने पाण्डेको विश्लेषण छ । अर्का बजार विश्लेषक निरञ्जन टिवरेवालाका अनुसार अहिलेको सरकारलाई कुनै पनि असर पार्ने काम गर्ने छुट नभएको हुँदा जुनसुकै अवस्थामा लगानीकर्ताको कन्फिडेन्स बढाएर अगाडी बढ्नुको विकल्प छैन । नयाँ राजनीतिक शक्तिलाई पाखा लगाएर दुई शक्तिशाली दल मिलेर सरकार बनेकाले अव आर्थिक क्षेत्रमा स्थिरता आउने टिवरेवाला बताउछन् ।  

आम लगानीकर्ता युवराज खतिवडाको भुमिका हेरेर बसिरहेका छन् । उनले मौद्रिक नीतिका औजारमा कसरी खेल्छन् र त्यसले आर्थिक विकास र सुधारमा भुमिका खेल्छ कि झन् कडाइ गर्छ भनेर हेर्ने बाँकी छ । अहिलेको अवस्था कडा गर्ने भन्दा पनि सहजता प्रदान गर्नु पर्ने भएकाले गभर्नर अधिकारीले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीतिलाई पुनराबृत्ती गराउने संकेत देखिएको विश्लेषकहरु बताउछन् । तर यि सबै बाहिर गरिएका विश्लेषण मात्रै हुन् । गभर्नर अधिकारीले जुनसुकै फोरममा मौद्रिक नीति खुला किताव जस्तै भएकाले अव के आउछ भन्ने कुरा सबैलाई जगजायर रहेको बताउदै आएका छन् ।

अहिलेको अवस्थामा बैंकहरु सँग प्रयाप्त तरलता छ । बैंकले कर्जा प्रवाह गर्न नसक्दा व्याज खर्चको भार बोकेर बस्नु परेको छ । सबैले व्याजदर घटाइरहेका छन् । खराव कर्जा कसैको पनि सल्टेको अवस्था छैन । केहि बैंकले कर्जा पुनर्संरचना गरेर वासिङ गरे पनि कर्जाको गुणस्तर एकदमै खस्किएको छ । वासिङ गर्दा ऋणी मर्ने नगर्दा बैंकहरुको व्यालेन्स सिट बिक्रीने अवस्थामा आउने मौद्रिक नीति प्रति सबैको चासो हुनु पक्कै पनि स्वभाविक हो ।

तर ओलीले बुझेको कुरा नेपालको अर्थतन्त्र उत्पादनमुलक भन्दा पनि घरजग्गा तथा शेयर बजारमा आउने ह्वीमले नै चलेको छ । जव जव घरजग्गा र शेयर बजार चलायमान हुन्छ त्यतिवेला निश्चित ठुला टाठा बाठा लगानीकर्ताले सकारात्मक टिप्पणी गर्ने भएकाले रानजीतिज्ञहरु पनि यहिबाट बढि पपुलिष्ट बन्ने गरेका छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया