Nepal Life

बीमा अभिकर्ताबाटै कार चढ्ने क्षमता बनाएका विशाल सुनार, खोलेका छन् आफ्नै 'अभिकर्ता कार्यालय'

Global Ime detail Page
  • प्रभात कुईकेल
  • 2024 Jul Sat 15:31
बीमा अभिकर्ताबाटै कार चढ्ने क्षमता बनाएका विशाल सुनार, खोलेका छन् आफ्नै 'अभिकर्ता कार्यालय'
Sanima Reliance

काठमाडौं । बीमा अभिकर्ता पेशामा प्राय मानिसहरु कसैको करकाप तथा सल्लाह सुझाव पछि मात्रै आउने गर्छन् । विश्वमै जीवन बीमा व्यवसाय अभिकर्ता मार्फत नै हुन्छ । एकदमै सम्पन्नशाली मुलुकमा पनि अभिकर्ताको ‘एडभाइस’पछि जीवन बीमा हुने गर्छ । यसका लागि बीमा कम्पनी तथा एजेन्सी म्यानेजरहरुले नयाँ नयाँ अभिकर्ताको खोजिरहेका हुन्छन् ।

NIMB

नेपालमा पछिल्लो समय एउटा कथन छ ‘सकिन्छ बीमा गराउने सकिदैन अभिकर्ता बनाउने ।’ नेपालगञ्जका विशाल कुमार सुनुवार सानिमा रिलायन्स लाइफका वरिष्ठ एजेन्सी म्जानेर हुन् । उनको अभिकर्ताको सुरुवात भने पछिल्ला कथनको जस्तो छैन । एकदमै निम्न वर्गिय परिवारमा हुर्किएका विशाल सुनुवारले ५ वर्ष मोबाइल पसलमा काम गरे । त्यस पछि ४/५ वर्षसम्म आफैले मोबाइल पसल चलाएका उनको अभिकर्ता यात्रा भने अलि फरक छ ।

प्रायः अभिकर्ताहरु कसै न कसैको आग्रह तथा सुझावबाट आउछन् । तर विशाल कुमार यो क्षेत्रमा स्वतस्फुर्त आफ्नै इच्छाले आएका हुन् । उनका नजिकका एक जना साथि मोबाइल पसमा काम गर्थे । उनको मासिक पारिश्रमिक ७० हजार भन्दा माथि थियो । तर उनले बीमा अभिकर्ता पेशामा लागेर यति राम्रो जागिर नै छाडिदिए । त्यस पछि विशाल झस्किए ।

उनको तरक्खी देखेर उनलाई अभिकर्ता पेशा प्रति जिज्ञासा जाग्यो । सोहि साथिलाई यस्तो पेशा आफुले पनि गर्न सक्छु भनेर सोधे । साथिले किन नसक्नु मज्जाले सकिन्छ ‘यसका लागि लाइसेन्स लिनु पर्ने’ कुरा बताए । त्यस पछि उनले बीमाको बारेमा धेरै बुझ्ने प्रयास गरे । यति वेलासम्ममा उनको मनमा एउटा ठुलो चिन्ता थियो ‘हामीले बीमा कम्पनीमा बुझाएको पैसा सुक्षित छ कि छैन ।’

बीमा कम्पनीमै गएर कुराकानी गरे । कम्पनीले दिएको तालिममा सहभागी भए । त्यस पछि उनि पुर्ण रुपमा सन्तुष्ट भए । र बीमा कम्पनीले बीमितको पैसा बोनस सहित फिर्ता गर्छन् भन्ने भए पछि अझ ढुक्क भए । तत्कालिन समयमा नेशनल लाइफबाट अभिकर्ताको लाइसेन्स लिए । पार्ट टाइमको रुपमा पनि काम गर्न सकिने, आफ्नो मोबाइल पसल पनि चलाइ रहन पाउने भएपछि उनलाई अझ सहज बनायो ।

‘हुने विरुवाको चिल्लो पात’ भनेझै उनले अभिकर्ताको कोड लिएको २ महिनामै ३५ लाख रुपैयाँ भन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गरे । नेशनल लाइफमा केहि समय काम गरे पछि उनि साविक रिलायन्स लाइफमा आकर्षित भए । रिलायन्स लाइफमा प्रवेस सँगै उनले यो पेशालाई अझ व्यवसायिक रुपमा अगाडी बढाउने सोचका साथ मोबाइल पसल नै छाडिदिए । उनमा बीमा अभिकर्ता पेशा प्रति यति धेरै रस पस्यो कि अन्य पेशा व्यवसायमा जस्तै अभिकर्ताको काम गर्नकै लागि उनले आफ्नै कार्यालय खोले । कार्यालयमा केहि कर्मचारी पनि राखे । यो क्षेत्रलाई पुर्णकालिन पेशाका रुपमा अगाडी बढ्नु पर्छ भनेर लागि परे । अहिले कम्पनीले नै उनलाई कार्यलायको स्पेस दिएको छ ।  

अभिकर्ताको व्यवसायिक यात्रा भने आफ्नै परिवार भित्रका सदश्यको बीमा गरेर सुरुवात गरे । उनका बीमित पारिवारिक सदश्य, व्यापारी, व्यवसायीदेखि लिएर पहाडी क्षेत्रका मानिसहरु समेत छन् । आजका दिनसम्ममा ४ सय भन्दा धेरैको बीमा गरिसकेका उनले सबैलाई बीमाको बारेमा राम्रो सँग बुझाउने गरेका छन् ।

बीमा गराउन त्यति सजिलो भने छैन उनि भन्छन् ‘यसका लागि निरन्तर फलोअप गरिरहनु पर्छ । सबैभन्दा पहिला बीमितको आवश्यकता के छ भनेर हेर्नु पर्छ अनि मात्रै कन्फिन्स गराउन सकिन्छ ।’ उनले थपे ‘सर्व प्रथम हामी बीमा गराउन खोजेको व्यक्तिको नजिकका व्यक्तिहरुलाई सोधपुछ गरेर सर्वेक्षण गर्छौ । नयाँ ठाउँमा जादै गर्दा हाम्रो पुरै टिमले योजना बनाउछ अनि मात्रै अगाडी बढ्छौ ।’

यहि लगनशिलताका कारण उनि सन् २०२१ र २०२२ मा एमडिआरटी बन्न सफल भए । एमडिआरटीको प्रचलन सुरु भएको पहिलो वर्ष २०२१ मा उनि डबल एमडिआरटी बने । उनको यो काम तथा पेशामा परिवारको राम्रो साथ सहयोग रहेको उनि बताउछन् ।

परिवारको आर्थिक अवस्था खासै राम्रो नभएका कारण उनले नेपालगञ्जबाट एसएलसी उत्तीर्ण गरेर 'प्लस टु'को अध्ययनका लागि भनेर भारत पुगे । भारतमा अध्ययन गर्न जादा त्यही काम गर्न पनि पाइने र पढ्न पनि त्यति धेरै पैसा नपर्ने भएकाले उनि अध्ययनका लागि भारत गएका थिए । अध्ययन पश्चात उनिले ५ वर्षसम्म मोबाइल पसलमा काम गरे । काम सिकेर आफैले मोबाइल पसल सञ्चालन गर्ने क्रममा उनले धेरै मानिसहरु सँग एकदमै राम्रो सम्बन्ध निर्माण गर्न सफल भएका थिए । यहि सम्बन्धलाई उनले पछि गएर बीमामा प्रयोग गरे ।

आजका दिनमा उनि हिजोका दिनमा मोबाइल पसल सञ्चालन गरेर हुने आम्दानी भन्दा राम्रो पैसा कमाउछन् । वार्षिक २० लाख भन्दा माथिको आम्दानी गर्ने विशाल अहिले कार चड्छन् । काम गर्दा साइकल चढेर हिड्ने उनि बीमा अभिकर्ता भएरै बुलेट बाइक हुँदै कार चढ्ने अवस्थामा आइपुगेका हुन् ।

उनको यो सबै उपलब्धी पेशा प्रतिको लगाव र निरन्तताले गर्दा नै हो । जसले जीवनशैलीमा आमुल परिवर्तन ल्याइदिएको छ । उनि भन्छन्  ‘बीमा क्षेत्र यस्तो क्षेत्र हो जहाँ आफुले जति चाह्यो त्यति धेरै फैलाउन र अगाडी बढ्न सकिन्छ ।’बीमा क्षेत्रमा लागेर उनले गरेको प्रगति पश्चात उनलाई घर परिवार समाजले हेर्ने दृष्टिकोणमै आमुल परिवर्तन आएको छ ।

उनले यो सफलता हासिल गर्दै गर्दा उनले समाजलाई नजिकबाट नियालेका छन् । मानिसका भावनालाई बुझेका छन् । उनि भन्छन् ‘नेपाली समाजमा सन्तान प्रतिको भावनात्मक सम्बन्ध एकदमै प्रगाढ छ । यसले गर्दा मेरो फोकस विवाहित दम्पत्ती तथा उनिहरुको छोराछोरीको लागि बीमा गराउन तर्फ हुन्छ ।’

आफ्नो बीमा गर्दा पनि भोलि गएर छोराछोरी ठुला भए पछि अध्ययन तथा विवाहमा खर्च गर्न पाइन्छ साथै बच्चाको बीमा गराउदा उनिहरुका लागि पनि बचत हुन्छ भन्ने भावनाले नेपालमा सबैभन्दा धेरै बीमा हुने गरेको उनि बताउछन् ।

पछिल्ला दिनमा बीमा नगरेका व्यक्ति तथा परिवार भेट्न मुस्किल छ । यसले गर्दा हिजोका दिनमा कसैको करकापमा बीमा गर्नेहरुले अहिले आएर बुझेर आफ्नो क्षमता अनुसार बीमा गराउने ट्रेण्ड भने बढेको छ ।

मानिसहरुले आफ्नो आर्थिक क्षमता तथा दायित्व बढाउदै गर्दा त्यहि अनुसारको जोखिम पनि बढ्दै जान्छ यसले गर्दा जोखिम बहनकै लागि पनि पोलिसी बढाउनु पर्ने मनस्थितिमा रहेका व्यक्तिहरुलाई बीमा गराउन धेरै सजिलो पर्ने विशाल बताउछन् ।

बजारमा अभिकर्ताको संख्या धेरै हुँदा अस्वस्थ प्रतिस्पर्धा भएको प्रति भने उनलाई चिन्ता लाग्छ । एउटै बीमितका लागि धेरै जना अभिकर्ता लागि पर्दा कमिशन तथा इन्सेन्टिभका कुराहरु बीमितलाई पनि थाहा हुने र कमिशनकै लागि यति धेरै दवाव आइरहेको भन्ने अनुभुती हुँदा व्यवसायिक रुपमा सम्बन्ध बनाउन धेरै गाह्रो पर्ने उनको अनुभव छ । तर गाउँ गाउँमा जादा मानिसहरुलाई मजाले बुझाएर बीमा गराउन सकिने उनि बताउछन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया