Nepal Life

अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्दै नेपाल लाइफ क्यापिटल

NMB Bank
  • BFIS News
  • 2024 Jul 22 11:03
अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्दै नेपाल लाइफ क्यापिटल
National Life

काठमाडौं । नेपाल लाइफ क्यापिटलले अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।

Shikhar
NIMB

गत असार ११ गतेदेखि २५ गतेसम्म १:०.५० अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४ लाख ३८९ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागिएको हो।
 
साउन ८ गतेदेखि बिक्री आवेदन खुल्ने भएको छ।

यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन्।

सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ।  

लगानीकर्ताले काठमाडौंको कमलपोखरीमा रहेको नेपाल लाइफको कार्यालय र ग्लोबल आइएमई बैंक र आइसिएफसी फाइनान्समा दरखास्त बुझाउनु पर्नेछ।  

बोलपत्र साउन २२ गतेसम्म पेश गर्न सकिने छ ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार