Nepal Life

सेयर बजार अझै पनि तल्लो विन्दुमा छ, यो लगानी गर्ने उपयुक्त समय हो : तुलसीराम ढकाल

Global Ime detail Page
  • तुलसीराम ढकाल
  • 2024 Jul Mon 15:44
सेयर बजार अझै पनि तल्लो विन्दुमा छ, यो लगानी गर्ने उपयुक्त समय हो : तुलसीराम ढकाल
Sanima Reliance

काठमाडौं । पूँजी बजार एकदमै तल्लो विन्दुमा छ । नेप्से सूचक २४ सय २५ सय भइरहदा पनि कम्पनीहरुको मूल्य हेर्दा नेप्से सूचक १२ सय हाराहारीकै देखिन्छ । यस्तो किन भयो भन्दा विचमा धेरै वटा नयाँ कम्पनी सूचिकृत भएका छन् । आधार मूल्यका हकप्रद तथा बोनस सेयर सूचिकृत भएका छन् । त्यसैले अहिलेको सूचकले बजारको बृद्धिलाई जस्टिफाइ गर्न अझै बाँकी छ । यसले बजार एकदमै तल्लो विन्दुमा रहेको कुरालाई पुष्टी गर्छ ।

NIMB

गएका दिनहरुमा साना साना दलहरु मिलेर संयुक्त सरकार थियो । जसले राजनीतिक अस्थिरता देखियो । ३/३ महिनामा राजनीतिक समिकरण परिवर्तन हुने अवस्था थियो । अहिले ठुला राजनीतिक दल मिलेर शक्तिशाली सरकार बनेको छ । यस सँगै लगानीकर्ताले राजनीतिक स्थिरताको अनुभुति गर्न पाएका छन् । त्यसमा पनि व्यापारी व्यवसिका अतिरिक्त पूँजी बजारले असाध्यै रुचाएका व्यक्ति अर्थमन्त्री बन्नु भएको छ । विष्णु प्रसाद पौडेल अर्थतन्त्र र पूँजी बजारले रुचाएको व्यक्ति हो ।

आजका दिनमा बैंकमा यति धेरै पैसा थुप्रिएको छ जुन रकम उद्योग कलकारखाना जस्ता क्षेत्रमा जाने अवस्था छैन । यस्तो पैसा घुमाइ फिराइ पूँजी बजारमै आइरहेको छ । सँग सँगै हिजोका दिनमा निक्षेपकर्ताले बैंकबाटै १०/१२ प्रतिशत व्याजदर पाइरहेका थिए । अहिले ४/५ प्रतिशत पनि पाइदैन । हिजोका दिनमा बैंकबाटै राम्रो व्याज पाइर इन्जोए गरिरहेका लगानीकर्ताहरुले एकदमै थोरै व्याज पाउने अवस्था आए पछि उनिहरुले पनि लगानीका अन्य पाटामा सोच्न थालेका हुन् । अहिलेको अवस्थामा यस्ता निक्षेपकर्ताको लगानीको सबैभन्दा उपयुक्त क्षेत्र पूँजी बजार नै हो ।

हिजोका दिनमा हामी ऋणीहरुले १५/१६ प्रतिशत व्याज तिर्नु पर्ने बाध्यता थियो । अहिले ९/१० प्रतिशतमै कर्जा पाउने अवस्था निर्माण भएको छ । यि विभिन्न कारणहरुले गर्दा अहिले पूँजी बजार बढेको हो । पूँजी बजार कहि न कहिबाट पढ्नु पर्ने बाध्यता थियो ।

अर्को कुरा भनेको हामी मौद्रिक नीतिको संघारमा छौ । बजेटलाई समेटेर मौद्रिक नीति आउदैछ । अहिलेको सबैको आशा भरोसाको केन्द्र भनेको अहिलेको अर्थमन्त्री ज्यू नै हो । उहाँले २०७८ भदौ ८ गते मौद्रिक नीति मार्फत भएको मौद्रिक नीतिको प्रहारलाई सच्याउनु हुन्छ भन्ने हाम्रो बुझाइ छ ।

बैंक वित्तीय संस्थामा देखिएको तरलतालाई मापन गर्दा बजारले अझै गति लिने निश्चित छ । अहिले सबै सँग पैसा छ । लगानीकर्ताहरुमा कन्फिडेन्स जागेको छ । हिजोका दिनमा लगानीकर्ताको कन्फिडेन्स मात्रै कमजोर थियो । मौद्रिक नीतिले हिजोको प्रहारलाई मात्रै करेक्सन गर्यो भने पनि बजारमा अझ ठुलो सुधार देखिनेछ ।

आजका दिनमा पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताको प्रवेश सँगै बजारले लिन थालेको हो । बजारमा सुधारका लागि यस्ता लगानीकर्ताको सबैभन्दा ठुलो भुमिका रहन्छ । साथ साथै संस्थागत लगानीकर्ताको पनि प्रवेश भइसकेको छ ।

संस्थागत लगानीकर्ताका लागि पनि बैंकबाट व्याज लिएर केहि पनि फाइदा छैन । बीमा कम्पनी, म्युचुअल फण्ड, विभिन्न कोषले ठुलो मात्रामा सेयर खरिद बिक्री गरिरहेका छन् ।

हामी सबैले बुझ्नु पर्ने कुरा जवसम्म नेपालको पूँजी बजारले गति लिदैन तवसम्म अर्थतन्त्रमा पनि सुधार आउदैन । पूँजी बजार चले पछि घरजग्गा चल्छ । सेयर घरजग्गामा सुधार आउने वित्तीकै धेरै वटा क्षेत्र चलायमान हुन्छन् । पूँजी बजार बढ्दै गर्दा राज्यले पनि ठुलो मात्रामा कर प्राप्त गर्छ । त्यसैले अव आउने मौद्रिक नीति पूँजी बजार मैत्री आउनु पर्छ ।    

(ढकाल नेपाल इन्भेष्टर फोरमका अध्यक्ष हुन् । प्रस्तुत विचार कुराकानीका आधारमा तयार पारिएको हो)

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया