NIMB Header 2
Nepal Life

सूर्योदय वोमी लघुवित्तको एफपिओमा आवेदन दिनुभयो? आज अन्तिम दिन हो है!

National Life
  • BFIS News
  • 2024 Jul 23 08:32
सूर्योदय वोमी लघुवित्तको एफपिओमा आवेदन दिनुभयो? आज अन्तिम दिन हो है!
Sanima Reliance

काठमाडौं । सूर्योदय वोमी लघुवित्तको एफपिओमा आवेदन दिने आज अन्तिम दिन हो। लघुवित्तले गत साउन ४ गतेदेखि एफपिओको आवेदन खुलाएको थियो।

Shikhar
NIMB

कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता एफपिओ सेयर निष्कासन गरिएको छ।

एफपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

एफपिओ निष्कासनका लागि गराइएको रेटिङ्गमा केयर रेटिङ नेपालले संस्थालाई ‘केयर एनपी बीबी (आइएस) बडल बी इस्योर रेटिङ प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया