NIMB Header 2
Nepal Life

२०७८ चैत महिनायताकै उच्च विन्दुमा नेप्से, एकैदिन ७५.३३ अंकले बढ्दा २५ सयमाथि पुग्यो

National Life
  • BFIS News
  • 2024 Jul 23 15:50
२०७८ चैत महिनायताकै उच्च विन्दुमा नेप्से, एकैदिन ७५.३३ अंकले बढ्दा २५ सयमाथि पुग्यो
Sanima Reliance

काठमाडौं । सोमबार २५ सय बिन्दुमा पुगेर ओर्लिएको नेप्से परिसूचक आज उक्त बिन्दु पार गरेर रोकिएको छ। आज नेप्से ७५.३३ अंकले बढेर २५६३.४३ विन्दुमा बन्द भएको छ।

Shikhar
NIMB

नेप्से परिसूचक २०७८ चैत महिनायताकै उच्च विन्दुमा पुगेको हो।

मंगलबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। सोमबार १३ अर्ब ९१ करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार १४ अर्ब ११ करोड ६३ लाख रूपैयाँको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा २० करोड रूपैयाँ वृद्धि भएको हो।

यस दिन ३१७ वटा धितोपत्रको तीन करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार २२० कम्पनीको सेयर मूल्य बढेको छ भने १९ वटाको घटेको छ। यस्तै, तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। बोटलर्स नेपाल बालाजु, समृद्धि फाइनान्स, माण्डु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, नेपाल वेयर हाउजिङको मूल्य १० प्रतिशतका दरले बढेको छ भने साहस ऊर्जाको मूल्य ९.९९ प्रतिशतले बढेको छ।

गणपति लघुवित्तको मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ। उक्त कम्पनीको मूल्य एक हजार ९३५ रूपैयाँ ३० पैसा कायम भएको छ।

यस्तै, १०.२५% माछापुच्छ्रे बैंक डिबेन्चर २०८५को मूल्य ३.९५ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार १५९ रूपैयाँ १० पैसा कायम भएको छ।

मंगलबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ५८८ रूपैयाँमा २४ करोड ६९ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा अपी पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता २३५ रूपैयाँ ८० पैसामा २४ करोड २६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक ५.०६ प्रतिशतले बढेको छ भने जीवन बीमा समूहको परिसूचक ४.४५ प्रतिशतले बढेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया