NIMB Header 2
Nepal Life

नेप्सेमा २७.३२ अंकको गिरावट, कारोबार रकममा भने उच्च वृद्धि

National Life
  • BFIS News
  • 2024 Jul 24 15:55
नेप्सेमा २७.३२ अंकको गिरावट, कारोबार रकममा भने उच्च वृद्धि
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसूचकमा २७.३२ अंकको गिरावट आएको छ। बुधबार नेप्से २७.३२ अंकले घटेर २५३६.११ विन्दुमा बन्द भएको छ।

Shikhar
NIMB

आज कारोबार रकम भने ३६ महिना यताकै उच्च भएको छ। आज १६ अर्ब २० करोड रूपैयाँको कारोबार भएको छ। यसअघि २०७८ भदौ ३ गते २० अर्ब ४९ करोड रूपैयाँको कारोबार भएको थियो। मंगलबार भने १४ अर्ब ११ करोड ६३ लाख रूपैयाँको सेयर कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब नौ करोड रूपैयाँ वृद्धि भएको हो।

यस दिन ३११ वटा धितोपत्रको चार करोड सात लाख ४७ हजार २२६ कित्ता सेयर किनबेच भएको हो। बुधबार ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ वटाको घटेको छ। यस्तै, दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन तीन कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। बोटलर्स नेपाल तराइ, एसियन हाइड्रोपावरको मूल्य १० प्रतिशतका दरले बढेको छ भने चन्द्रागिरी हिल्सको मूल्य ९.९७ प्रतिशतले बढेको छ।

चिरख्वा हाइड्रोपावरको मूल्य सर्वाधिक ७.७९ प्रतिशतले घटेको छ। उक्त कम्पनीको मूल्य ७१० रूपैयाँ कायम भएको छ। यस्तै, सुपर मादी हाइड्रोपावरको मूल्य ६.०८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७४१ रूपैयाँ कायम भएको छ।।

बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ६६३ रूपैयाँ ८० पैसामा ३६ करोड ७ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १.९५ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५७४ रूपैयाँमा ३४ करोड २२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त र होटल्स तथा पर्यटन समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक ३.०९ प्रतिशतले घटेको छ भने वित्त समूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशतले बढेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया