Sanima Reliance

बुलिस ट्रेण्ड सुरु भए सँगै लगानीकर्ताको सर्वाधिक धेरै रोजाइमा परेका १० कम्पनी

RBB
  • BFIS News
  • 2024 Jul Thu 04:10
बुलिस ट्रेण्ड सुरु भए सँगै लगानीकर्ताको सर्वाधिक धेरै रोजाइमा परेका १० कम्पनी
Nepal Life

काठमाडौं । बुलिस ट्रेण्ड सुरु भएको केहि दिनमै नेप्से सूचक उल्लेख्य मात्रामा सुधार भइसकेको छ । सूचकमा सुधार देखिदै गर्दा लगानीकर्ताको पोर्टफेलियो कम्तिमा पनि ५० प्रतिशत सुधार भइसकेको छ । यस अवधिमा बाणिज्य बैंक तथा धेरै चुक्ता पूँजी भएका र सस्ता कम्पनीको शेयर मूल्यमा पनि बृद्धि भएको छ ।

अर्थमन्त्रीमा विष्णु पौडेलको आगमन भन्दा अगाडी नै शेयर बजारले एउटा गति लिइसकेको थियो । उनि आउने हल्लैले गत असार १५ गतेदेखि नै शेयर बजारमा सुधार हुन थाल्यो । यस अवधिमा नेप्से सूचक २०३७ हाहारीबाट सुधार हुँदै २५६३ अंकसम्म पुग्यो । लगानीकर्ताहरु माझ अहिले शेयर बजारको मात्रै चर्चा हुन्छ । बजारमा मारवाडी समुदायका व्यक्तिहरुदेखि लिएर ठुला लगानीकर्ताहरु समेत प्रवेश गरिसकेका छन् ।

जसले गर्दा कारोबार रकममा व्यापक सुधार भइरहेको छ । एक अर्ब पनि कारोबार हुन छाडेको शेयर बजारमा अहिले १५ अर्ब भन्दा माथिको खरिद बिक्री हुनुले पनि बजारमा लगानीकर्ताको राम्रो संख्यामा प्रवेश भएको पुष्टी गर्छ । यस सँगै बजारमा हरेक कम्पनीको शेयर मूल्य बढेको छ । जुन किन्यो त्यहि बढ्ने अवस्थाले लगानीकर्ता उत्साहित भएका छन् । 

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट

गएको असार १५ पछि नेप्से सूचक ५ सय अंक भन्दा माथिले सुधार भइसकेको छ । यस अवधिमा लगानीकर्ताको सर्वाधिक रोजाइमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट परेको छ । विगत एक वर्षको अवधिमा यसको शेयर मूल्य २८० रुपैयाँबाट ९०३ रुपैयाँ पुग्यो । गएको असार १५ गते पछि मात्रै कम्पनीको सर्वाधिक धेरै २ अर्ब ९९ करोडको कारोबार भएको छ । कम्पनीको ३८ लाख ३९ कित्ता खरिद बिक्री भएको छ । कम्पनीको एक करोड २२ लाख कित्ता शेयर दोस्रो बजारमा सूचीकृत छ । पछिल्लो असार १५ गतेदेखि अहिलेसम्मको बजारमा सर्वाधिक धेरै कारोबार भएका कम्पनीहरुलाई आधार मानेर लगानीकर्ताको सर्वाधिक रोजाइमा परेका २० कम्पनीहरुको सूची निम्न छन् । 

हिमालायन रिइन्स्योरेन्स

लगानीकर्ताको दोस्रो रोजाइमा हिमालयन रिइन्स्योरेन्स कम्पनी परेको छ । गत असार १५ पछि कम्पनीको २ अर्ब ५९ करोडको खरिद बिक्री भएको छ । विगत एक वर्षको अवधिमा कम्पनीको शेयर मूल्य ३०९ रुपैयाँसम्म तल झरेर ७३१ रुपैयाँसम्म खरिद बिक्री भयो । कम्पनीले २० अर्ब पूँजी जुटाउन ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दैछ ।

सिएचडिसी हाइड्रोपावर

यो बुलमा लगानीकर्ताले सर्वाधिक रुचाएको अर्को कम्पनी हो सिएचडिसी हाइड्रोपावर कम्पनी हो । यस अवधिमा कम्पनीको २ अर्ब ३४ करोड रुपैयाँको कारोबार भएको छ । यस बुलमा कम्पनीको शेयर मूल्य ६२७ रुपैयाँबाट १४४० रुपैयाँसम्म पुग्यो । कम्पनीको चुक्ता पूँजी ९३ करोड १७ लाख रुपैयाँ मात्रै छ । सर्वसाधारण समुहको ३० प्रतिशत अर्थात २७ लाख ९५ हजार कित्ता मात्रै सेयर सप्लाइ छ ।

नेपाल लाइनान्स

लगानीकर्ताले सर्वाधिक धेरै रुचाएको कम्पनी भित्र नेपाल फाइनान्स पनि पर्छ । वित्तीय अवस्था खासै राम्रो नदेखिए दोस्रो बजारमा धेरै दिन सर्वाधिक कारोबार हुने पहिलो नम्बरमा पर्दै आएको छ । यस अवधिमा २ अर्ब ८ करोड को कारोबार भयो । यस बुलमा कम्पनीको शेयर मूल्य २७० रुपैयाँबाट १३०९ रुपैयाँसम्म पुग्यो । चुक्ता पूँजी ८३ करोड ८९ लाख रुपैयाँ रहेको यस कम्पनीको दोस्रो बजारमा सेयर सप्लाइ ३३ लाख ५५ हजार कित्ता मात्रै सप्लाइ रहेको छ ।

ङादी ग्रुप पावर

पछिल्ला दिनमा लगानीकर्ताको रोजाइमा पर्दै आएको ङादी ग्रिप पावरको पनि २ अर्ब ७ करोडको कारोबार भएको छ । यस कम्पनीको शेयर मूल्य १८२ रुपैयाँबाट ४०६ रुपैयाँसम्म पुग्यो । खासमा यस कम्पनीको शेयर मूल्य सस्तो भएकाले पनि गएका दिनमा उछाल आएको हो । नियमित लाभांश दिदै आएको यस कम्पनीको चुक्ता पूँजी एक अर्ब ८५ करोड छ ।

जानकी फाइनान्स

यस बुलमा लगानीकर्ताले राम्रो पैसा कमाएको स्क्रिप्टमा जानकी फाइनान्स पनि एक हो । पछिल्ला दिनमा २ अर्ब ३ करोडको कारोबार हुँदा शेयर मूल्य ७१९ रुपैयाँ छ । यस बुलमा संस्थाको शेयर मूल्य ३१६ रुपैयाँबाट ८३१ रुपैयाँसम्म बढ्यो । चुक्ता पूँजी ६९ करोड ४ लाख भए पनि वित्तीय अवस्था भने खासै राम्रो छैन । तर सेयर सप्लाइ एकदमै न्युन भएकै कारण शेयर मूल्यमा उछाल आएको हो ।  

शिवम सिमेन्ट

यस भन्दा पहिलाको बुलमा लगानीकर्ताले एकदमै धेरै कमाएको स्क्रिप्टमा शिवम सिमेन्ट पनि थियो । तर यस पटक भने खासै धेरै बढ्न सकिरहेको छैन । यस बुलमा भने ४४६ रुपैयाँबाट ६३८ रुपैयाँसम्म उक्लियो । ५ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीले शेयरधनीलाई हरेक वर्ष लाभांश दिदै आएको छ । यस पटक शेयर मूल्य अझै बढ्न बाँकी रहेकाले पनि केहि दिन देखि कम्पनीको शेयर मूल्यमा आकर्षण बढ्दै गइरहेको छ । असार १५ यता २ अर्बको कारोबार भइसकेको छ ।  

अपर तामाकोशी

कम्पनीले नविकेको हकप्रद शेयर अक्सनमा राख्दा हारालुछ भएको अपर तामाकोशीको शेयर मूल्यमा भने खासै सुधार आउन सकेन । अधिकर शेयर सप्लाइ र कमजोर वित्तीय अवस्थाले गर्दा लगानीकर्ताले सोचे अनुरुप बढ्न नसके पनि कारोबारका हिसावले कम्पनी लगानीकर्ताको सर्वाधिक रोजाइ भित्रै पर्दै आएको छ । एक वर्षको अवधिमा कम्पनीको शेयर मूल्य १५२ रुपैयाँसम्म तल झर्यो भने अधिकतम ४२९ रुपैयाँसम्म उक्लिएको थियो । तर अहिले २१४ रुपैयाँ मात्रै छ । यदि मुनाफामा मात्रै देखियो भने पनि यस कम्पनीको शेयर मूल्यमा राम्रै सुधार आउने निश्चित छ । तर कमजोर व्यवस्थापनका कारण मुनाफा राम्रो गर्न सकेको देखिदैन ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक

यस पटकको वियरिस बजारमा विकास बैंकको शेयर मूल्य बाणिज्य बैंकको जस्तो तल्लो विन्दुमा झर्न सकेन । विकास बैंकहरु मध्ये सबैभन्दा धेरै रोजाइमा पर्न सफल शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको कारोबार पनि टप टेन भित्रै पर्छ । एक वर्षको अवधिमा कम्पनीको शेयर मूल्य ३४६ देखि ५१६ रुपैयाँको विचमा घुमिरहेको छ । चुक्ता पूँजी ४ अर्ब ७३ करोड छ ।  

माउन्टेन इनर्जी नेपाल

माउन्टेन इनर्जी नेपाल यस भन्दा अगाडीको बुलमा पनि लगानीकर्ताको रोजाइमा पर्न सफल भएको थियो । यस पटक पनि कम्पनीको शेयर मूल्य ४२९ रुपैयाँदेखि १०३९ रुपैयाँसम्म पुग्यो । पछिल्ला दिनमा सेक्टर सिफ्ट हुने क्रममा हाइड्रोपावरको शेयर सुस्ताएको छ । बैंक बीमा क्षेत्रमा रुमलिएका लगानीकर्ताहरुको रोजाइमा अहिले जलविद्युत एकदमै कम रोजाइमा परिरहेको छ । तर हाइड्रोपावरमा बुल आउदा लगानीकर्ताको पहिलो रोजाइमा भने माइन्टेन इनर्जी नेपाल पर्ने गरेको छ । अहिले पनि यसको खरिद बिक्री राम्रो छ ।

शेयर गर्नुहोस

Connect Ips

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया