NIMB Header 2
Nepal Life

साताको कारोबारको अन्तिम दिन ३२ अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

National Life
  • BFIS News
  • 2024 Jul 25 15:40
साताको कारोबारको अन्तिम दिन ३२ अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट
Sanima Reliance

काठमाडौं । साताको कारोबार अन्तिम दिन आज नेप्से परिसूचक ३२ अंकले बढेर २५६८.११ विन्दुमा बन्द भएको छ।

Shikhar
NIMB

आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार १६ अर्ब २० करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार रूपैयाँको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब ४२ करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३२० वटा धितोपत्रको तीन करोड ५५ लाख ९४ हजार ८६८ कित्ता सेयर किनबेच भएको हो। बिहीबार १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९६ वटाको घटेको छ। यस्तै, तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। उपकार लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ भने जीवन विकास लघुवित्त र एसियन हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ भने गणपति लघुवित्तको मूल्य ९.९७ प्रतिशतले बढेको छ।

मितेरी डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक ७.६५ प्रतिशतले घटेको छ। उक्त कम्पनीको मूल्य ६४० रूपैयाँ कायम भएको छ। यस्तै, माण्डु हाइड्रोपावरको मूल्य ४.६८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार २२५ रूपैयाँ कायम भएको छ।।

बिहीबार सानिमा जिआइसी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ७३५ रूपैयाँमा ३४ करोड १७ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ६.५२ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४४८ रूपैयाँ ५० पैसामा २४ करोड ६४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक १ प्रतिशतभन्दा कमले घटेको छ भने बाँकी नौ समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यसदिन लघुवित्त समूहको परिसूचक सर्वाधिक ६.८३ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूहको परिसूचक २.९५ प्रतिशतले बढेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया