Sanima Reliance

नेपाल लाइफले अहिलेसम्मकै सर्वाधिक धेरै ‘उत्कृष्ट अभिकर्ता’लाई सम्मान गर्दै, १९१ जनाले पदक पाउदै

RBB
  • BFIS News
  • 2024 Jul Sat 06:43
नेपाल लाइफले अहिलेसम्मकै सर्वाधिक धेरै ‘उत्कृष्ट अभिकर्ता’लाई सम्मान गर्दै, १९१ जनाले पदक पाउदै
Nepal Life

काठमाडौं । नेपाल लाइफले गत आर्थिक वर्ष २०८०/८१ मा सर्वाधिक व्यवसाय भित्र्याउने १९१ जना अभिकर्तालाई सम्मान गरेको छ । कम्पनीले व्यक्तिगत कोड तथा समुहिक तर्फबाट सम्राट पदक, रत्न पदक र समृद्धि पदक हासिल गर्ने अभिकर्ताहरुलाई सम्मान गरेको हो । 

यस वर्ष कम्पनीले व्यक्तिगत कोडबाट एक करोड भन्दा माथि बीमा शुल्क आर्जन गर्न सफल १८ जना अभिकर्तालाई सम्राट पदक सहित सम्मान गर्दैछ । त्यस्तै ७५ लाख भन्दा माथि एक करोड भन्दा तल प्रथम बीमा शुल्क आर्जन गरि रत्न पद हासिल गर्ने १३ जना अभिकर्तालाई सम्मान गरेको छ ।

आफ्नो व्यक्तिगत कोडबाट ५५ लाखदेखि ७५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरि समृद्धि पदक हासिल गर्ने ११० जना अभिकर्तालाई सम्मान गरेको छ ।

यसका साथै समुह तर्फ ४ करोड भन्दा माथि बीमा शुल्क गर्न सफल १२ जना अभिकर्तालाई सम्राट पदक मार्फत सम्मान गरेको छ । समुह तर्फबाटै तीन करोडदेखि ४ करोड बीमा शुल्क आर्जन गर्ने ९ जनालाई रत्न पदक र २ करोड ३० लाखदेखि तीन करोड रुपैयाँसम्म बीमा शुल्क आर्जन गरि समृद्धि पदक हासिल गर्ने २९ जनालाई सम्मान गरेको छ ।

कम्पनीले धेरै भन्दा धेरै अभिकर्तालाई सम्मान गर्ने लक्ष्य सहित तय गरेको टार्गेट अनुसार यस वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै अभिकर्ताहरु सम्मानित भएका छन् । गत वर्ष कम्पनीले १३५ जनालाई यस्तो सम्मान गरेको थियो । यस वर्ष भैरहवाहमा श्रावण ९ देखि सुरु भएकोे कन्फ्रेन्स फ्लाई हाई एम हाइयर नाराका साथ हिजो भव्यताका साथ सम्पन्न भएको छ। उनि लिडरिसिप एक्सिलेन्स अवार्ड २०२४ मार्फत सम्मानित भएका हुन् ।

यस वर्ष एजेन्सी मेनेजर तर्फबाट क्रमश नेपाल प्रथम, दितिय र तृतीय हुने मदन भट्ट, स्नेहा भट्ट, बसन्ती शर्मा सम्मानित भएका छन् । गएको वर्ष एजेन्सी म्यानेजर तर्फ नेपाल प्रथम, द्वितिय र तृतीय हुने बसन्ती शर्मा, मदन भट्ट र स्नेहा भट्ट थिए ।

यस वर्ष व्यक्तिगत कोड तर्फ क्रमश नेपाल प्रथम, द्वितिय र तृतिय हुने धनगढी शाखाबाट खुसी भट्ट, घोराइ शाखाबाट भिमा पन्थी, विराटनगर शाखाबाट अर्विन राजबंशी रहेका छन् । गत वर्ष व्यक्तिगत कोड तर्फबाट क्रमस नेपाल प्रथम, दितिय र तृतीय हुने खुशी भट्ट, शान्ता राजबंशी, भीमा पन्थी नै थिए ।

नेपाल लाइफले पछिल्लो एक वर्षमा धेरै कुराहरुमा छलाङ मारेको छ । कम्पनीको सफलता सँगै प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीको कार्य कौशलता यस वर्ष राम्रो सँग देखिएको छ । पराजुली २०७९ साउन ४ गते कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । विगत दुई वर्षको अवधिमा पराजुलीले लामो समयदेखिका तमाम समस्यालाई पन्छाउदै कम्पनीलाई नयाँ धारमा अगाडी बढाएका छन् ।  

बीमा अभिकर्ताहरु कोभिड १९ को समयदेखि नै चरम असन्तुष्ट थिए । अभिकर्ताको असन्तुष्टीले गर्दा अघिल्ला दुई वर्षमा कम्पनीले जीवन बीमा शुल्क आर्जनमा ठुलो छलाङ मार्न सकेन । उनि आउनु भन्दा अगाडीको आर्थिक वर्ष २०७८/७९ मा कुल बीमा शुल्क आर्जन ३५ अर्ब ४५ करोड थियो । उनि आएको आर्थिक वर्षमा सामान्य सुधार हुँदै ३७ अर्ब १६ करोड पुग्यो । गत आर्थिक वर्ष २०८०/८१ मा ४१ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्यो । यदि अभिकर्ताको असन्तुष्टी आर्थिक वर्षको सुरुवाति दिनमै मेटाउन सकेको भए कम्पनीले यो भन्दा धेरै बीमा शुल्क आर्जन गर्ने थियो ।

पराजुली आउने वित्तीकै कम्पनी कोर्ष करेक्सनको चरणमा थियो । नेपाल बीमा प्राधिकरणले सत प्रतिशत फ्युचर बोनस प्रोभिजनिङ गर्नै पर्ने व्यवस्था ल्याए सँगै कम्पनीलाई ठुलो असर पुर्यायो । यसले गर्दा कतिपय मनिव्याक पोलिसीको बोनसदर नै घटाउनु पर्यो । नेपाल सरकारले भुतप्रभावी कानुन लागु गर्दै एफपिओको प्रिमियममा कर लगाउदा नेपाल लाइफ एक्लैले एक अर्ब भन्दा धेरै रकम राज्यलाई भुक्तानी गर्नु पर्यो । यसले गर्दा कम्पनीको लाभांश वितरणमा ठुलो असर पर्यो ।

कम्पनीले यस अवधिमा ठुलो कोर्ष करेक्सन गर्दै अर्को नयाँ दिशामा अगाडी बढाएको प्रमुख कार्यकारी अधिकृत पराजुली बताउछन् । कम्पनीमा रहेका सबै समस्याहरु समाधान भएको हुँदा आगामी वर्षमा कम्पनीले अझ ठुलो फर्को मार्ने आधार तय गरेको उनलेब बताए ।

पराजुली आए सँगै अभिकर्ताको केहि टार्गेटमा हेरफेर भएको हुँदा यतिका धेरै अभिकर्ताहरु सम्मानित हुने अवसर प्राप्त भएको पेशागत बीमा अभिकर्ता संघका महासचिव ओम केसीले बताए । यसले गर्दा धेरै भन्दा धेरै अभिकर्ताहरु उत्साहित हुँदै काममा खटिएको र यो उपलब्धी हासिल भएको उनको विश्लेषण छ । अहिलेको चरम आर्थिक मन्दिमा पनि यति धेरै व्यवसाय भित्र्याउदै कम्पनीको बजार हिस्सा बढाउन सक्नुमा सबैभन्दा राम्रो भुमिका पराजुलीको रहेको उनले दाबी गरे ।

कम्पनीले यस वर्ष पनि अभिकर्ता, कर्मचारी, व्यवस्थापन तहमा पारिवारिक वातावरण सिर्जना गरेमा अझ बढि बीमा शुल्क आर्जन गरि फड्को मार्ने उनि बताउछन् । यसका साथै कम्पनीले बजारको चाहना अनुसारको पोलिसी ल्याउनु पर्ने उनको भनाइ छ । बजारमा बीमितहरुको पहिलो रोजाइमा नेपाल लाइफ पर्ने तर कम्पनीले आफ्नो बजार हिस्सा बढाउन नसकिरहेको सन्दर्भमा यस तर्फ रणनीतिक योजना आवश्यक पर्ने उनि बताउछन् ।  

शेयर गर्नुहोस

Connect Ips

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया