Nepal Life

घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यास र हवाइ इन्धनको भने यथावत

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Thu 08:11
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यास र हवाइ इन्धनको भने यथावत
Sanima Reliance

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। घटेको मूल्य आजदेखि लागू भएको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको हो।

NIMB

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।

निगमले पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई रूपैयाँ घटाएको छ।

पहिलो वर्गअन्तर्गतका चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ १६७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५५ रूपैयाँ ५० पैसा पर्नेछ।

त्यस्तै दोस्रो वर्गको सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ १६९ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५७ रूपैयाँ पर्नेछ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ १७० रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५८ रूपैयाँ पर्नेछ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार