Nepal Life

एनआइसी एसिया डाइनामिक डेप्ट फण्डद्वारा लाभांश वितरणको घोषणा

NMB Bank
  • BFIS News
  • 2024 Aug 01 08:46
एनआइसी एसिया डाइनामिक डेप्ट फण्डद्वारा लाभांश वितरणको घोषणा
United Ajod

काठमाडौं । एनआइसी एसिया डाइनामिक डेप्ट फण्डले लाभांश घोषणा गरेको छ। योजना व्यवस्थापक तथा डिपोजिटरी एनआइसी एसिया क्यापिटलको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले डाइनामिक डेप्ट फण्डका इकाईधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Shikhar
Nepal Life
NIMB

फण्डको गत आर्थिक वर्ष २०८०-८१ को लेखापरीक्षण सम्पन्न भएपछि इकाईधनीहरूलाई १० प्रतिशत प्रतिफल वितरण गर्ने भएको हो। फण्डले लाभांश वितरण प्रयोजनार्थ साउन १७ गते बुक क्लोज गर्ने भएको छ। साउन १६ गतेसम्म कायम इकाईधनीहरूले मात्रै उक्त लाभांश प्राप्त गर्नेछन्।

फण्डका इकाईधनीहरूले लाभांश प्राप्त गरेपश्चात् समायोजित मूल्यमा पुनः लगानी योजनामार्फत् उक्त रकमले थप इकाईहरु खरीद गर्न सक्नेछन् यसका लागि साउन ३२ गतेभित्र नाम दर्ता गराउनुपर्ने फण्डले जनाएको छ ।

एनआइसी एसिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यस एनआईसी एसिया डाइनामिक डेप्ट फण्ड खुलामुखी योजना हो। यसको कोष प्रवर्द्धक एनआइसी एसिया बैंक रहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया