सुनको भाउ बढेको बढ्यै, आज तोलामै १६ सयले बढ्यो
- BFIS News
- 2024 Aug 01 12:20
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ६ सय रूपैयाँ बढेको हो।अघिल्लो दिन तोलामा १८ सयले सुनको भाउ बढेको थियो।
आज सुन प्रतितोला १ लाख ४९ हजार ४ सय रूपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि १६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)



















प्रतिक्रिया