Nepal Life

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा बीमितलाई १० लाख ८७ हजार भुक्तानी

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Thu 12:32
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा बीमितलाई १० लाख ८७ हजार भुक्तानी
Sanima Reliance

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बेनी शाखाले सडक दुर्घटनामा परी ज्यान गुमाएका बीमित छविलाल पुनको परिवारलाई दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितकी श्रीमती डालमायाँ पुनलाई १० लाख ८७ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

NIMB

बीमित छविलाल पुन म्याग्दीको बेनी नगरपालिका वडा नम्बर १० का बासिन्दा हुन् । उनी पर्यटकीयस्थल टोड्केबाट वाखेत फर्कँदै गर्दा सवारी दुर्घटनामा परी ज्यान गुमाएका थिए ।

कम्पनीका अनुसार बीमित पुनले ५ लाखको बीमाबापत ५ किस्ता बराबर १ लाख ७५ हजार २२५ रुपैयाँ बीमा कम्पनीमा तिरेका थिए । यसरी आफ्नो कम्पनीमा बीमा गराएका बीमितको मृत्यु भएपछि कम्पनीले आवश्यक कागजात संकलन गरी बुधबार एक कार्यक्रमको आयोजना गर्दै बीमितकी श्रीमतीलाई १० लाख ८७ हजार ६३ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

उक्त दाबी भुक्तानी कार्यक्रममा प्रमुख अतिथिको रूपमा बेनी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष कृष्णसिंह बानियाँ उपस्थित रहेका थिए । उनले उक्त कार्यक्रममा बोल्दै जीवन बीमा परिवारको आर्थिक सुरक्षाका लागि अत्यावश्यक रहेको बताए ।

सो कार्यक्रममा सानिमा रिलायन्स लाइफका क्षेत्र प्रबन्धक बलराम कँडेल, शाखा प्रबन्धक मुक्ति पौडेल, सिनियर एजेन्सी आस्था गुरूङलगायत शाखाका कर्मचारी तथा केन्द्रका प्रतिनिधिहरूको समेत उपस्थिति थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार