Nepal Life

आर्थिक मन्दीको प्रभावबाट माथि उठ्न सकेन निर्जीवन बीमा व्यवसाय, बजार हिस्सा र बृद्धिदर टिकाउनै मुस्किल

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Fri 05:34
आर्थिक मन्दीको प्रभावबाट माथि उठ्न सकेन निर्जीवन बीमा व्यवसाय, बजार हिस्सा र बृद्धिदर टिकाउनै मुस्किल
Sanima Reliance

काठमाडौं । चरम आर्थिक मन्दीका कारण व्यापार व्यवसायमा सुस्तता आउदा यसको प्रत्यक्ष प्रभाव निर्जीवन बीमा व्यवसायमा देखिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ३.१२ प्रतिशतले मात्रै बृद्धि भएको छ । कम्पनीहरुले गत आर्थिक वर्षमा ४१ अर्ब ४६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षमा ४० अर्ब २१ करोड थियो ।

निर्जीवन बीमा व्यवसाय नेपालको आर्थिक अवस्था सँग प्रत्यक्ष जोडिने भएकाले जव जव आर्थिक अवस्था सुधार हुन्छ र आर्थिक गतिविधि बढ्छ तव तव निर्जीवन बीमा व्यवसायमा पनि उछाल आउछ । साथ साथै आर्थिक अवस्थामा सुस्तता आउदा निर्जीवन बीमा व्यवसायमा पनि गिरावट आउने गर्छ ।

विगत तीन वर्षदेखि नेपालको आर्थिक अवस्था कमजोर छ । कोभिड १९ पछि आर्थिक गतिविधि ठप्प हुँदा सरकारले आयातमा प्रतिवन्ध लगायो । यसको प्रत्यक्ष प्रभाव राजश्वमा मात्रै होइन निर्जीवन बीमा व्यवसायमा पनि परेको छ । निर्जीवन बीमा व्यवसायको सबैभन्दा धेरै हिस्सा मोटर बीमाको ३०.३० प्रतिशत छ । त्यस्तै सम्पत्ती बीमाको बजार हिस्सा २४.९१ प्रतिशत छ । सरकारले आयातमा प्रतिवन्ध लगाउदा अघिल्ला वर्षमा मोटर बीमा व्यवसायमा चरम गिरावट आउदा बृद्धिदरमा ठुलो प्रभाव पार्यो ।

अर्को तर्फ घरजग्गामा मन्दी छाउदा सम्पत्ती बीमाको व्यवसायमा असर पुर्याएको छ । बैंक वित्तीय संस्थाले घर तथा सम्पत्ती धितोमा राखेर कर्जा प्रभाव गर्दा बीमालाई अनिवार्य गरेका हुन्छन् । यसले पनि निर्जीवन बीमा व्यवसायमा ठुलो सपोर्ट थियो । तर बैंक वित्तिय संस्थाबाट प्रभाव हुने कर्जा लगभग ठप्प जस्तै छ । यसले गर्दा पनि निर्जीवन बीमा शुल्क आर्जनमा ठुलो असर पुर्याएको हो । यस वर्ष सबै पोर्टफेलियोमा सामान्य सुधार देखिएको छ । यसले आगामी आर्थिक वर्षमा राम्रो प्रभाव पार्ने बीमकहरु बताउछन् ।

समग्र आर्थिक अवस्थामा सिथिलता आएका कारण खासै बृद्धि हुन नसकेको शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले बताए । हवाइ बीमामा सामान्य बृद्धि देखिए पनि अन्य पोर्टफेलियामा जस्ताको त्यस्तै छ । गएका वर्षमा बृद्धिदर ऋणात्मक थियो । तर यस वर्षको बृद्धिदर सकारात्मक संकेत गरेको पाण्डे बताउछन् । अर्थतन्त्र चलायमान हुने वित्तीकै व्यवसाय स्वत बढ्दै जाने उनको तर्क छ ।

यस वर्ष सर्वाधिक धेरै बीमा शुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले ५ अर्ब ४७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा बृद्धिदर २.९० प्रतिशत छ । बजार हिस्सा भने सर्वाधिक धेरै १३.१९ प्रतिशत छ । दोस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा सगरमाथा लुम्बिनि छ । कम्पनीले ४ अर्ब ७८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ४.५ प्रतिशतले व्यवसाय बढाउदा बजार हिस्सामा पनि सामान्य सुधार गर्दै ११.५५ प्रतिशत कायम राखेको छ ।

तेस्रो नम्बरमा रहेको सिद्धार्थ प्रिमियरको भने बृद्धिदर ५.६४ प्रतिशतले घटेर ४ अर्ब १७ करोडमा झरेको छ । बजार हिस्सा १०.०७ प्रतिशत छ । मर्जरमा गएको अर्को कम्पनी युनाइटेड अजोडको पनि व्यवसाय २०.२३ प्रतिशतले घटेको छ । कम्पनीले समिक्षा अवधिमा २ अर्ब ७२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । चौधरी समुहको प्रमुख लगानी रहेको यस कम्पनीले आफ्नो समुहको व्यवसाय गर्न पाउदैन । यसले गर्दा पनि व्यवसायका लागि अन्य समुहमा भर पर्नु पर्छ ।

यस वर्ष दि ओरियण्टलको व्यवसाय भने ४४.१५ प्रतिशतले बढेको छ । भारतीय कम्पनीको शाखाका रुपमा रहेको यस कम्पनीले भारतीय कम्पनीहरुलाई दुतावासबाटै फोन गराएर व्यवसाय तान्ने गरेको छ । यसले गर्दा पनि यस वर्ष आक्रामक सुधार सँगै २ अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया