NIMB Header 2
Nepal Life

सौर्य एयरलाइन्स जहाज दुर्घटनाका घाइते क्याप्टेन मनीषरत्न शाक्य 'डिस्चार्ज'

National Life
  • BFIS News
  • 2024 Aug 02 12:36
सौर्य एयरलाइन्स जहाज दुर्घटनाका घाइते क्याप्टेन मनीषरत्न शाक्य 'डिस्चार्ज'
Sanima Reliance

काठमाडौं । सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनीषरत्न शाक्य डिस्चार्ज भएका छन्। काठमाडौं मेडिकल कलेज सिनामंगलबाट उनी  डिस्चार्ज भएका हुन्। बिहीबार राति शाक्यलाई डिस्चार्ज गरिएको अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले जानकारी दिइन्।

Shikhar
NIMB

क्याप्टेन शाक्यको टाउको, नाक, आँखालगायत करङ र मेरूदण्डमा असर पुगेको थियो। क्याप्टेन शाक्यको करङका तीन वटा हड्डी भाँचिएका थिए। तत्काल थप उपचार गर्नुपर्ने अवस्था नदेखिएको र अहिलेलाई औषधि खाएर नियमित फलोअपमा आउँदा हुने भएकाले उनलाई डिस्चार्ज गरिएको डा. थापाले बताइन्।

गत साउन ९ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज रनवे छोडेर केही माथि पुग्नेवित्तिकै तल खसेर दुर्घटनामा परेको थियो। जहाजमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको थियो भने क्याप्टेन शाक्य मात्रै जिवित रहेका थिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया