NIMB Header 2
Nepal Life

एनआईएमबी एस क्यापिटलको १२ औं वार्षिकोत्सव सम्पन्न, ६ अर्ब भन्दा बढीको लगानी व्यवस्थापन गर्दै

National Life
  • BFIS News
  • 2024 Aug 02 19:06
एनआईएमबी एस क्यापिटलको १२ औं वार्षिकोत्सव सम्पन्न, ६ अर्ब भन्दा बढीको लगानी व्यवस्थापन गर्दै
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईएमबी एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैकिंक तथा इन्भेस्टमेन्ट बैकिंक क्षेत्रमा सेवा प्रदान गर्दै आएको आज १२ वर्ष पूरा भएको छ ।

Shikhar
NIMB

धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त मर्चेन्ट बैंकरको रूपमा यस कम्पनीले आइपिओ जारी तथा बिक्री व्यवस्थापन, सेयर रजिस्टार, डिम्याट सेवा, प्रत्याभूति सेवा र लगानी व्यवस्थापन सेवा जस्ता सुविधाहरु प्रदान गर्दै आएको छ । एनआईएमबी एस क्यापिटलले सन् २०१४ मा नेपालको पहिलो म्युचुअल फण्ड योजना र २०१९ मा पहिलो खुला रुपी म्युचुअल फण्ड लन्च गरेको थियो । 

कम्पनीको १२ वर्ष पूरा भएको अवसरमा एनआईएमबी एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले भने, “हाम्रो कम्पनी १२ वर्षको हुनमा सबैभन्दा ठूलो योगदान हाम्रा प्रिय ग्राहकवर्गको छ । साथमा अथक मेहेनत र लगावका साथ काम गर्ने हाम्रा कर्मचारी लगायत हाम्रो सिंगो टिम बिना यो उपलब्धी सम्भव हुने थिएन । भविष्यमा पनि लगानीकर्ता तथा ग्राहकवर्गको लगानीमा उच्चतम् आम्दानी प्रदान गर्ने हाम्रो प्रतिबद्धता कायम गर्ने वाचा गर्दछु ।” 

हाल एनआईएमबी एस क्यापिटलले रु. १० अर्बभन्दा बढी मूल्यांकन भएका पाँचवटा म्युचुअल फण्डहरूको व्यवस्थापन र लगानी व्यवस्थापन सेवा अन्तर्गत लगानीकर्ताको रु. ६ अर्ब भन्दा बढी रकमको लगानी व्यवस्थापन गर्दै नेपालको वित्तीय क्षेत्रमा आफूलाई अग्र स्थानमा राख्न सफल छ ।  साथै हालसम्म ४१ लाख भन्दा बढी ग्राहकहरुलाई आफ्नो सेवा प्रदान गर्न सफल एनआईएमबीे छ । साथै ५००,०० भन्दा बढी डिम्याट खाताहरु व्यवस्थापन गर्नुका साथै २०० भन्दा बढी आइपिओ÷एफपिओ जारी गर्न सफल रहेको छ ।

कम्पनीका अध्यक्ष सचिन तिब्रेवालले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो भने धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र पूर्व मुख्य सचिव विमला कोइरालाले एनआईएमबी एस क्यापिटलले हाँसिल गरेको उपलब्धीलाई बधाई दिनुका साथै आगामी दिनको सफलताको लागि शुभकामना व्यक्त गरेका छन् ।

एनआईएमबी एस क्यापिटलले प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्ड प्रबन्धकको रूपमा समेत धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त गरेको छ । यस कम्पनीले १० अर्बभन्दा धेरैको लगानी क्षमता रहेको प्राइभेट इक्विटी फन्ड – एनआईबिएल इक्विटी पार्टनर्सको व्यवस्थापन पनि गर्दछ । हालसम्म एनआईबिएल इक्विटी पार्टनर्सले एक अर्बभन्दा बढी लगानी गरिसकेको छ भने भविष्यमा सक्रिय रूपमा थप कोष लगानी गर्ने योजना यस कम्पनीको रहेको छ । 

एनआईएमबी एस क्यापिटलले नेपालमा पहिलो खुलामुखी म्युचुअल फन्ड बजारमा ल्याउनुका साथै लगानीकर्ताको लागि विभिन्न विकल्पहरु प्रदान गर्दै आइरहेको छ । एनआईएमबी एस क्यापिटलले लगानीकर्ताको लागि भविष्यमा थप लगानी विकल्पहरु ल्याउने प्रतिबद्धता जनाएको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया