NIMB Header 2
Nepal Life

नेपाल फाइनान्सको नाफा घट्यो, खुद ब्याज आम्दानीमा भने वृद्धि

National Life
  • BFIS News
  • 2024 Aug 04 08:19
नेपाल फाइनान्सको नाफा घट्यो, खुद ब्याज आम्दानीमा भने वृद्धि
Sanima Reliance

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा १०.०१ प्रतिशतले घटेको छ।

Shikhar
NIMB

कम्पनीले चौथौ त्रैमाससम्ममा १ करोड ८१ लाख रुपैयाँ खुदा नाफा आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिमा भने कम्पनीको खुद नाफा २ करोड १ लाख रुपैयाँ रहेको थियो ।   
 
समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी भने १९.८६ प्रतिशतले वृद्धि भएर ११ करोड ७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल सञ्चालन आम्दानी ५.८९ प्रतिशतले बढेर १४ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको सञ्चालन नाफा १०.०३ प्रतिशतले बढेर २ करोड ५८  लाख रुपैयाँ पु्गेको छ।

कम्पनीको कुल शुल्क तथा कमिशन आम्दानी बढेको छ। कम्पनीले चौथौ त्रैमाससम्म १ करोड २७ लाख रुपैयाँबराबरको कुल शुल्क तथा सञ्चालन आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७७.९२ प्रतिशतले बढी हो ।  

कम्पनीको रिटेन्ड अर्निङ २० करोड ८२ लाख रुपैयाँले ऋणात्मक रहेकोमा रिजर्भको आकार भने ०.९१ प्रतिशतले बढेर ४३ करोड १० लाख रुपैयाँबराबर रहेको छ।

कम्पनीको खराब कर्जा अनुपात घटेको छ। अघिल्लो आवमा १२.१६ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ९.११ प्रतिशत कायम भएको छ।  

समीक्षा अवधिसम्म कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि ६२ लाख ५८ हजार रुपैयाँ छुट्टाएको छ ।  कम्पनीको वितरणयोग्य मुनाफा भने २० करोड ८२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।

२ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले २ अर्ब १ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) २.४८ रुपैयाँ, पिइ अनुपात ३६०.१५ गुणा, प्रतिसेयर नेटवर्थ १३७.१२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५४४.९५ रुपैयाँ र तरलता अनुपात ४८.७० प्रतिशत कायम भएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया