Nepal Life

लगानीकर्ताको सर्वाधिक रोजाइमा परेको स्ट्यार्डर्ड चार्टर्ड बैंकले कति दिन सक्ला नगद लाभांश ?

NMB Bank
  • BFIS News
  • 2024 Aug 04 10:19
लगानीकर्ताको सर्वाधिक रोजाइमा परेको स्ट्यार्डर्ड चार्टर्ड बैंकले कति दिन सक्ला नगद लाभांश ?
National Life

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा र ब्याज आम्दानी दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

Shikhar
NIMB

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ४६ करोड ५३ हजार रुपैयाँ खुद नाफा कमाएको यस बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३ अर्ब ३० करोड ८९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको यस्तो नाफा ४.५१ प्रतिशत घटेको हो।

खुद ब्याज आम्दानी घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.४६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १०.२७ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको खुद सञ्चालन आम्दानी ७.५३ प्रतिशत र सञ्चालन मुनाफा ४.५३ प्रतिशत घटेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ६६ पैसा घटेर ३५ रुपैयाँ ९ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २१८ रुपेयाँ ४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७.२१ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५० पैसा रहेको छ।

९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब १३ करोड २ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको वितरणयोग्य मुनाफा मुनाफा २ अर्ब ४९ करोड रहेको छ । बैंकले विद्यमान जगेडा कोष र मुनाफाबाट मात्रै लाभांश वितरण गर्ने हो भने आकर्षक लाभांश दिन सक्ने क्षमता राख्छ । बैंकले गत वर्ष १९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । विगत दुई वर्षदेखि नगद लाभांश नै दिदै आएकोले गर्दा यस वर्ष बैंकले नगद र बोनस शेयर दुबैलाई मिलाएर वितरण गर्न सक्नेछ । गएको वर्षकै लाभांश दरलाई निरन्तरता दिने भन्दा बढाउने सम्भावना उच्च छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया