NIMB Header 2
Nepal Life

उच्च मूल्यको विन्दुबाट दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

National Life
  • BFIS News
  • 2024 Aug 04 11:11
उच्च मूल्यको विन्दुबाट दुई सय रुपैयाँले घट्यो सुनको मूल्य
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ। शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ बढेर ऐतिहासिक विन्दुमा पुगेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ घटेको हो।

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार सात २५ सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार नौ सय १० रूपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १० रूपैयाँ घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ८५ रूपैयाँ पुगेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया