Nepal Life

सिमेन्ट उत्पादक संघको नयाँ कार्यसमिती चयन, अध्यक्षमा रघु नन्दन मारु, महासचिवमा राजाराम खड्का

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Sun 11:50
सिमेन्ट उत्पादक संघको नयाँ कार्यसमिती चयन, अध्यक्षमा रघु नन्दन मारु, महासचिवमा राजाराम खड्का
Sanima Reliance

काठमाडौं । यहि शनिबार  काठमाडौमा सम्पन्न नेपाल सिमेन्ट उत्पादक संघको २० औं साधारणसभाबाट नयाँ कार्यसमिती चयन भएको छ । उक्त  साधारणसभाबाट सर्वसम्मत रुपमा अध्यक्षमा रघुनन्दन मारु चयन भएका छन्  भने उपाध्यक्षमा डा ताराप्रसाद पोखरेल र विकास दुगड चयन भएका छन् त्यसै गरि  महासचिवमा राजाराम खड्का र कोषाध्यक्षमा अरुणकुमार कर्ण चयन भएका छन् ।

तिन बर्षको नया कार्यसमितिको कार्यकाल हुने संधका सदस्यहरूमा निपेश तायल, शोभाकर न्यौपाने, तेन्जिङ लाक्देन तामाङ, आदित्य सांघई, विष्णु अग्रवाल, नन्दी केशर पौडेल, केशव प्रसाद उप्रेती, हुवांग सी जुंग र अनिल रुगंटा सर्वसम्मत भएका छन् । राजन कुमार झा संघको आमन्त्रित सदस्यमा सर्वसम्मत भएका छन् । यस्तै सल्लाहकारमा पुरुषोत्तमलाल संघई, पशुपति मुराराका र साहिल अग्रवाललाई मनोनित गरेको छ ।

नवनिर्वाचित अध्यक्ष मारुले सिमेन्ट उघोगमा देखिएका समस्याहरुको समाधान खोज्ने र सबै पक्षहरुलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै चुन ढुङ्गा  उत्खनन र विघुत बैकिङ् लगायतका समस्या समाघान का लागि  सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया