Nepal Life

ग्लोबल आइएमई बैंकको मुनाफा ६ अर्ब नाघ्यो, यस वर्ष कतिसम्म दिन सक्ला लाभांश ?

NMB Bank
  • BFIS News
  • 2024 Aug 05 07:36
ग्लोबल  आइएमई बैंकको मुनाफा ६ अर्ब नाघ्यो, यस वर्ष कतिसम्म दिन सक्ला लाभांश ?
National Life

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

Shikhar
NIMB

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.१३ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी सामान्य घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी २.७४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २९.९० प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी २.९६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ८.२५ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.३७ प्रतिशत पुगेको छ। जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब ७४ करोड पुगेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ६ पैसा घटेर १६ रुपैयाँ ६५ पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात ११.६६ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब १० करोड रुपैयाँ रहेको छ।

३६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २४ अर्ब ८५ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १४.३४ प्रतिशत बढेको छ भने कर्जा ४.२३ प्रतिशत बढेको छ।

ग्लोबल आइएमई बैंकले कति दिन सक्ला लाभांश 

ग्लोबल आइएमई बैंकले गत वर्ष ९ प्रतिशत मात्रै लाभांश दिएको थियो । बोनस शेयर भन्दा पनि नगद लाभांश दिएर प्रतिशेयर आम्दानी बढाउने रणनीति बनाएको बैंकले यस वर्ष आर्थिक मन्दीका कारण इपिएस भने बढाउन सकेन । बैंकको लाभांश वितरण योग्य मुनाफा एक अर्ब १० करोड छ । बैंकको जगेडा कोषमा २३ अर्ब ७५ करोड छ ।

यस वर्ष राष्ट्र बैंकले असारमा पाकेको व्याज साउन महिनामा उठाउदा पनि गत वर्षकै मुनाफामा बाध्न पाउने भएकाले वितरण योग्य मुनाफाको हिस्सा भने बढ्न सक्ने देखिन्छ । यसरी कर्जा उठाउन सकेमा खराव कर्जा समेत घट्छ । जसले लाभांश दिन सक्ने क्षमता बढ्छ । गएको वर्ष बैंकको वितरण योग्य मुनाफा तर्फको प्रतिशेयर आम्दानी ९ रुपैयाँ थियो । तर यस वर्ष तीन रुपैयाँ मात्रै छ । यसले गर्दा गत वर्षको भन्दा लाभांश बढाउन बैंकलाई धेरै मुस्किल छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया