Nepal Life

मर्जर पछि प्रभु बैंकले पायो सिनर्जी, ४ अर्ब ४८ करोडबाट शेयरधनीलाई कति दिन सक्ला लाभांश ?

NMB Bank
  • BFIS News
  • 2024 Aug 05 07:56
मर्जर पछि प्रभु बैंकले पायो सिनर्जी, ४ अर्ब ४८ करोडबाट शेयरधनीलाई कति दिन सक्ला लाभांश ?
National Life

काठमाडौं । प्रभु बैंकले मर्जरको सिनर्जी प्राप्त गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा खराव कर्जा सल्टाउदै मुनाफामामा उल्लेख्य सुधार गरेको छ । 

Shikhar
NIMB

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो हाल प्रकाशित वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४९९.०४ प्रतिशत बढी हो। हाल प्रकाशित वित्तीय विवरणमा बैंकको अघिल्लो आर्थिक वर्ष (आर्थिक वर्ष २०७९/८०) को खुद नाफा २८ करोड मात्र उल्लेख छ। जबकी गत आर्थिक वर्ष प्रकाशित अघिल्लो आर्थिक वर्ष (आर्थिक वर्ष २०७९/८०) को वित्तीय विवरण अनुसार बैंकले सो आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

गत आर्थिक वर्ष प्रकाशित विवरण अनुसार अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ४३ करोड रुपैयाँ थियो। तर आज प्रकाशित विवरण अनुसार सो आर्थिक वर्षमा बैंकको इम्पेरमेन्ट चार्ज ५ अर्ब २१ करोड रुपैयाँ रहेको छ। जसका कारण हाल प्रकाशित वित्तीय विवरण बैंकको खुद नाफामा उल्लेख्य वृद्धि देखिएको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.४३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १९.९६ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २०.६७ प्रतिशत बढेको छ।

हाल प्रकाशित विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १७ रुपैयाँ ८४ पैसा बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २२ करोड रुपैयाँ रहेको छ।

२३ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १२ अर्ब ८९ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ५.५१ प्रतिशत बढेको छ भने कर्जा ३.८३ प्रतिशत घटेको छ।

प्रभु बैंकले कति दिन सक्ला लाभांश

प्रभु बैंकको लाभांश इतिहास खासै राम्रो छैन । विगत दुई वर्षदेखि बैंकले लाभांश दिन सकेको छैन । यस वर्ष भने बैंकले लाभांश दिन सक्ने भएको छ । बैंकले ४ अर्ब ४८ करोड मुनाफा आर्जन गर्दा वितरण योग्य मुनाफा भने एक अर्ब २२ करोड मात्रै छ । यस हिसावले बैंकले ५/६ प्रतिशत मात्रै लाभांश दिन सक्छ । तर जगेडा कोषमा ११ अर्ब ६६ करोड रहेको छ ।

यसबाट पनि केहि बोनस शेयर दिएर वितरण योग्य मुनाफाबाट लाभांश दिने हो भने पनि बैंकले १० प्रतिशत भन्दा माथि लाभांश भने दिन सक्ने देखिदैन । बैंकले लाभांश दियो भने पनि बोनस शेयर नै दिनु पर्ने बाध्यता छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया