Nepal Life

एनआइसी एसिया बैंकको खुद मुनाफा एक अर्ब ३८ करोड

NMB Bank
  • BFIS News
  • 2024 Aug 05 08:00
एनआइसी एसिया बैंकको खुद मुनाफा एक अर्ब ३८ करोड
National Life

काठमाडौं । एनआइसी एसिया बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। जसमा बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८.९१ प्रतिशतले घटेको देखिएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाउँदा अघिल्लो आर्थिक वर्षको सोही अवधिसमा बैंकले ४ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

Shikhar
NIMB

बैंकको खुद ब्याज आम्दानी १३.३९ प्रतिशत घटेर १० अर्ब ६१ करोड रुपैयाँ गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १२ अर्ब २५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै बैंकको खुद फि तथा कमिशन आम्दानी १३.८८ प्रतिशत घटेर २ अर्ब ७७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १२.३६ प्रतिशत घटेर १३ अर्ब १६ करोड रुपैयाँ, सञ्चालन मुनाफा ५३.८३ प्रतिशत घटेर ३ अर्ब १ करोड रुपैयाँ छ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.११ प्रतिशतबाट बढेर १.७४ प्रतिशत भएको छ। जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ८४ करोड पुगेको छ।

१४ अर्ब ९१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १५ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १३.८६ प्रतिशत बढेको छ भने कर्जा ३.९५ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २९ रुपैयाँ १७ पैसा घटेर ९ रुपैयाँ २६ पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ २४ पैसा र मूल्य आम्दानी अनुपात ४७.८४ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने २ अर्ब ३० करोड रुपैयाँ ऋणात्मक रहेको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया