Nepal Life

नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा कार्की र गुरूङ नियुक्त

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Mon 08:20
नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा कार्की र गुरूङ नियुक्त
Sanima Reliance

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरूङ नियुक्त भएका छन्।  

NIMB

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्रिस्तरीय निर्णयले उनीहरुलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेको हो। विद्युत क्षेत्रमा विशेषज्ञता हासिल गरेका गैरसरकारी व्यक्तिबाट कार्की र विद्युत उपभोक्तामध्येबाट गुरूङलाई सञ्चालक समितिको सदस्यमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ।

ऊर्जा मन्त्रीको साउन १८ गतेको निर्णयअनुसार कार्की र गुरूङलाई चार वर्षका लागि सञ्चालक समिति सदस्य पदमा मनोनीत गरिएको हो। नवनियुक्त कार्की पूर्वऊर्जा मन्त्रालयका सचिव तथा गुरूङ विद्युत विकास विभागका पूर्वमहानिर्देशक समेत हुन्।

सरकारले डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल सरकार तथा विद्युत् नियमन आयोगले दिएको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको भन्दै सञ्चालकबाट कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएको थियो।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया